Successfully Copied

आत्माविश्वास बढाउन व्यायाम आवश्यक

आफूलाई जवान अनुभव गराउन व्यायामको रुटिन बनाउनुपर्छ । यसले आफ्नो स्ट्रेन्थ तथा क्षमतालाई सन्तुलित राख्छ ।

आफूलाई जवान अनुभव गराउन व्यायामको रुटिन बनाउनुपर्छ । यसले आफ्नो स्ट्रेन्थ तथा क्षमतालाई सन्तुलित राख्छ । स्वास्थ्य समस्याबाट बच्न तथा आत्मविश्वास बढाउन व्यायामले सहयोग गर्छ । यसले फुर्तिलो अनुभव गराउँछ । व्यायाम गर्नुभन्दा पहिले कुन व्यायाम गर्ने चिकित्सकसँग सल्लाह लिनुपर्छ । सुरुका दिनमा थोरै समय व्यायाम गरेर विस्तारै बढाउँदै लानुपर्छ । व्यायामका लागि जिम जानैपर्छ भन्ने छैन घरको काम, हिडाइ, साइक्लिङ, स्वीमिङ आदि पनि व्यायामकै अङ्ग हुन् । 

खाना 

सन्तुलित खाना खाए मेटाबोलिज्म सुस्त हुन्छ । त्यसैले खाना सन्तुलित तथा पोषक हुनुपर्छ । ताजा फलफूल, तरकारी, प्रोटिन एवं फाइबरयुक्त खाना खानुपर्छ । वजन बढेको अनुभव भए कम खाना खानुपर्छ । आफ्नो भोजनमा विविधता ल्याउनुपर्छ । 

व्यस्त रहनुपर्छ 

घरपरिवारबाहेक आफूलाई अन्य काममा पनि व्यस्त राख्नुपर्छ । पहिले नगरेका काम गरेर आफूलाई व्यस्त राख्न सकिन्छ । समाज सेवामा सक्रिय रहनुका साथै घुमेर एवं तालिमहरू लिएर पनि आफूलाई व्यस्त राख्न सकिन्छ । 

निद्रा 

जीवनमा निद्रा निकै आवश्यक छ । राति छिटो ओछ्यानमा जानुका साथै बिहान छिट्टै उठ्ने बानी बसाल्नुपर्छ । धेरै महिलामा उमेर बढ्दै गएपछि निद्रा नलाग्ने समस्या उत्पन्न हुन्छ । उमेर बढ्दै गएपछि जिम्मेवारी कम हुन्छ र दिनभरि खाली भइन्छ अनि राति निद्रा कम लाग्न सक्छ । त्यसैले बिहान छिट्टै उठ्नुपर्छ । बिहान छिट्टै उठेर आफूलाई दिनभरि सक्रिय बनाएपछि मात्र ऊर्जा प्राप्त हुन्छ । 

केही कुरा ध्यानमा राखौं 

अरूलाई खुसी बनाऔं । कुनै गाना बजाएर गुनगुनाऔं । मस्त भएर डान्स गरौं । आफ्नो जीवनको खुसीलाई सम्झिएर दु:खलाई बिर्सौं । समस्याको समाधान हाँसी–हाँसी निकालौं । आफ्नो वरिपरि हँसमुख मानिसहरूलाई राखौं । मनमा भएको क्रोध तथा द्वेषलाई बाहिर निकालौं । हरेक समय निराश हुनुको साटो रुचिकर काम गरौं । दिनहुँ कमसेकम एकपटक खुसी रहौं । अरूलाई सहयोग गर्न आफ्नो हात बढाऔं । चुरोट तथा रक्सीबाट टाढै रहौं । दिनहुँ लामो–लामो सास लिऊँ (एक मिनेटमा १४ देखि 

१५ पटक) र वजन नियन्त्रण गरौं । यौनजीवनमा रमाऔं ।

 Image