होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

तनाव नहुने मानिस कमै हुन्छन् । एक अध्ययनअनुसार निरन्तर तनावमा रहँदा सोच्ने शक्ति क्षीण हुन थाल्छ । धेरैजसोलाई तनावका कारण सोच्ने शक्ति कम भएजस्तो लाग्छ जुन सत्य पनि हो । अमेरिकास्थित युनिभर्सिटी अफ मिसिगन मेडिकल स्कुल एवं डिप्रेसन सेन्टरका शोधकर्ताले ६ सय १२ जना महिलामा यो अध्ययन गरेका थिए । अध्ययनमा सहभागीहरूमध्ये दुई तिहाईले आफ्नो जीवनमा चर्को तनाव सामना गरेका थिए । शोधका क्रममा तनावग्रस्त महिलाको प्रदर्शन अझ खराब देखियो । तनावग्रस्त महिलाको मस्तिष्कको स्मरण तथा तर्क शक्तिमा धेरै उथलपुथल आएको अनुसन्धानकर्ताहरू बताउँछन् ।