गर्भावस्थामा उच्चरक्तचापको खतरा
गर्भावस्थामा ‘इक्लेम्पसिया’ देखिनु सबैभन्दा जोखिम अवस्था हो । यस्तो बेला मातृमृत्यु हुने सम्भावना १० प्रतिशत रहेको हुन्छ ।

हालसालै गरिएको अध्ययनअनुसार दिनहँु ओखर सेवन गरे कोलोन क्यान्सर फैलने गति कम हुन्छ । शोधकर्ताहरूका अनुसार ओखरको सेवनले जेनेटिक परिवर्तन गर्छ जसले क्यान्सरको ट्युमरलाई बढ्न दिँदैन । अध्ययनका क्रममा ओखर जिन माइक्रो आरएनएमा परिवर्तन ल्याउन सक्षम हुने कुरा पत्ता लागेको थियो ।
अमेरिकास्थित हावर्ड मेडिकल स्कुलका शोधकर्ताहरूका अनुसार ओखरको सेवनले कोलोन क्यान्सर कोषसँग सम्बद्ध माइक्रो आरएनएमा परिवर्तन ल्याउँछ । ओखरमा पाइने अल्फा लिनोलेनिक एसिड शरीरका अनेकन महत्वपूर्ण क्रियामा सहयोगी हुन्छ । ओखरमा त्यस्ता धेरै तत्व पाइन्छन् जसले क्यान्सरयुक्त ट्युमरको बिस्तार रोक्छन् ।