अफ्रिकन भाइलट कसरी फुलाउने ?
यो फूललाई घामको सोझो सम्पर्क नभए हुन्छ । उज्यालो आउने ठाउँमा राख्दा राम्रोसँग सप्रिन्छ । त्यसैले यो बिरुवा इन्डोर राख्न सकिन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/lifestyle/photo3-1690379622.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/lifestyle/photo3-1690379622.jpg&w=1000&height=600)
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा आयोजित पुष्प मेलामा एक करोड दुईलाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४७ हजार ३ सयले अवलोकन गरेको मेलामा एक करोड दुई लाख ८० हजारको कारोबार भएको आयोजक संस्था ‘फ्लोरिकल्चर एसोसिएसन नेपाल’ (फ्यान) ले जनाएको हो ।
मेलामा ६२ वटा स्टल थिए । त्यसमध्ये अफिसियल चार, प्रतियोगितात्मक प्रदर्शनी स्टल दुई र व्यावसायिक स्टल ५६ वटा थिए । फ्यानका महासचिव विश्वमणि पोखरेलका अनुसार पछिल्लो समय कोरोना महामारीका कारण बर्सेनि फूलको कारोबार घट्दै गए पनि पहिलेको तुलनामा पुष्प व्यवसाय फस्टाउँदै गएको छ ।
मेलामा आलंकारिक बोटविरुवा, कटफ्लावर, मौसमी फूल, बीउबिजन, सुनाखरी, ड्राइफ्लावर, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, कम्पोस्ट मल, फूलका गाना, गमला, सूक्ष्म तथा थोपा सिचाई प्रविधिलगायत आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीको प्रदर्शनी तथा बिक्री कक्षहरू रहेका थिए ।