Successfully Copied

घर भित्रका श्रमिक

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले सन् २०१९ मा गरेको अध्ययनअनुसार, विश्वभर २६ करोडभन्दा बढी गृहश्रमिकहरू छन्, जो विश्वव्यापीश्रमशक्तिको ८ प्रतिशत हो । तीमध्ये १४ करोड ७० लाख ५७ प्रतिशत महिला छन् ।


मधु शाही


काँटीको सहाराले धागो जेल्दै स्वीटरको घर बनाउँदै थिइन्, ३८ वर्षीया बिनातुलाधर । स्वीटर बुनाइमाऔंलाअनवरत चलिरहेका थिए । उनका आँखा र ध्यान भने बाहिर हुन्थे । स्वीटर बुन्न उनको अनुभवयतिगहिरो छ कि हेर्दै नहेरी काँटी चलिरहन्छ । उनको सीपले गृहश्रमिकको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहुनएक विदेशी गृहश्रमिकको मन तान्छ ।केन्याईकीजुलियानाकिकुभीले ललितपुर बुंग्मतीकीबिनाको स्वीटर बुन्ने सीप हेरेर मात्रै चित्तबुझाइनन्, बुन्ने तरिका सिक्ने प्रयास पनि गरिन् ।

केही साताअघि गृहश्रमिकको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । ललितपुर बुंग्मतीकामहिला गृहश्रमिकलाई भेट्ने अवसर पाएकी केन्याईकीजुलियानाले नेपालीमहिलाको मौलिक सीप देखेर अचम्म परिन् । ‘यति छिटो र रमाइलो गर्दै परिश्रम गर्ने यहाँका महिला गृहश्रमिकको स्वभावले मन छोयो’, उनले भनिन् ।

जुलियानाले गृह श्रमिकबिनाको मुहारमा जुन खुसी देखेकी छिन्, त्यो खुसी यति सजिलै आएको होइन । बिनाकाअनुसार गृह श्रमिक हुनुका आफ्नै संघर्ष र कठिनाइ छन् । सानैदेखि स्वीटर बुन्ने उनको रहर थियो । परिवारमा पढ्ने वातावरण थिएन । छोरीले घरधन्दा सक्ने, खेतीपाती गर्ने र हुर्किएपछि विवाह गरिदिने चलन थियो । ३८ वर्षीया बिनाले माइती छँदा स्वीटर बुन्ने सीपविवाहपछि व्यवसायबन्लाभन्ने सोचेकी थिइनन् । ‘दिनभरि घरको काम जति गरे पनि पैसा नआउँदासम्म मान्छे गनिँदैन’, उनी विगत सम्झिँदै भन्छिन्,‘दुई–चार रुपैंयाँको खाँचो भइरहन्थ्यो । पढाइ थिएन, हातले बुन्नजानेको सीपलाई नै अर्थोपार्जनको आधार बनाउनथालें ।’ स्वीटर बुनेर खर्च जुटाउन सकिन्छ भन्ने विचार उनलाई धेरै पछि आएको हो । पाँच रुपंयाँका लागि पनि अरुकै भर पर्नुपर्ने दिन भोगेकी उनी भन्छिन्, ‘पैसा माग्दा झगडा हुन्थ्यो परिवारमा ।’ पछि उनीआफैले कमाउन जरुरी ठानिन् । जे सीप छ, त्यसैलाई सदुपयोग गर्न थालिन् । सुरुमाआफ्नै लगानीमा स्वीटर, मोजा, पन्जा बुनेर घरैपच्छिे चिनेकाव्यक्तिलाई बेच्नलागिन् । घरधन्दा सकेर फुर्सदमा बुनिहाल्ने उनको दैनिकी छ ।


उनीजस्तै अरु बेरोजगार महिलाहरू मिलेर आफूसँग भएको सीपलाई आर्थिक आधार बनाउनथाले । रातो मच्छेन्द्र गृहश्रमिक महिला सीप समूह गठन गरे । ०६८ मा संचालन गरिएको समूहमा सुरुकादिनमा ३० जना महिला गृहश्रमिक सहभागी थिए । उनीहरूलाई समूहसम्म आबद्ध गराउन चुनौती थियो । नाम खुलेर भन्न नसक्ने महिला समूहमा थिए । बिस्तारै श्रम बेचेर आम्दानीको स्रोत खुल्नथालेपछि महिलामा आत्मविश्वास बढ्दै गएको समूहकीअध्यक्ष मनदेवी शाक्य बताउँछिन् । अहिले ७५ जना महिला गृहश्रमिक आबद्ध छन् ।

सहकारीस मेत संचालनमा छ । ४४ वर्षीया मनदेवी आफै काठमा बुट्टा कुँद्ने काम गर्छिन् । सानैमा विवाह भयो । माइतीले सीप सिकाएनन्, न त पढाइ । विवाह गरेर श्रीमान्को एक्लो कमाइमा धानिन मनदेवीलाई मनले मानेन । श्रीमान् काठमा बुट्टा भर्छन् । श्रीमान्को काम देखेरै आफूले सीपसिकेको मनदेवी बताउँछिन् । अहिले उनी श्रीमान्सँग सहकार्य गर्न सफल भएकी छन् । ‘उहाँ एक्लैले दुःख गरेको देख्दा मन खिन्नहुन्थ्यो,’ उनीविगत सम्झदै भन्छिन्,‘श्रीमतीले कमाइ गर्नुहुन्न भन्ने सामाजिक सोच चिर्न केहीसमय गाह्रै भयो । पछि सहयोगीहुँदा सहज मान्दै गएँ ।’ मनदेवीका अनुसार गृहश्रमिक समूहबद्ध हुनु भनेको आत्मविश्वास बढ्दै जानु हो । आफ्नो नामसमेत उच्चारण गर्न नसक्ने महिलाअहिले मनमा लागेको कुरा स्पष्ट बोल्न सक्ने भएको उनले सुनाइन् । ‘कमाउन थालेपछि महिलामा आत्मविश्वास बढेकोछ, हिंसा पनिकमहुँदै गएको पाएकी छु’, उनी भन्छिन् ।

ललितपुरकी ३१ वर्षीया प्रमिला शाक्य काष्ठकलामा पोख्त छिन् । सानैदेखि बुवा र दाजुले काठमा बुट्टा भरेको देखे पनि प्रमिलालाई सिक्नुपर्छ भन्ने लागेन । कक्षा १२ पास गरेपछि विवाह भयो । श्रीमान्को घर सम्हाल्नु, दुई छोरी हुर्काउनु उनको जिम्मेवारीमा आइप¥यो । विवाहपछि मात्रै आफ्नो कमाइको महत्वबुझेको उनी बताउँछिन् । केही वर्ष जागिर खाएकीउनले विवाहपछि बाहिर कामगर्न अनुमति पाइनन् । ‘दुई–चार पैसाको सधै खाँचो भइरहन्थ्यो’, उनी भन्छिन्,‘मागेर कति पालिनु जस्तो लाग्यो र काठमा बुट्टा भर्ने कामसिक्न थालें ।’ महामारीका बेलाठूलो आर्थिक संकट भोग्नुपरेको उनी बताउँछिन् । छोराछोरीले मीठो खानखोज्थे । किन्न नसक्दा मन खिन्न हुन्थ्यो । प्रमिलाले महामारीकै बेला ‘सभा नेपाल’ संस्थाले संचालन गरेको काष्ठ कला तालिममा सहभागी भइन् । अहिले उनी खर्चसँगै बचत गर्न सक्ने भएकी छन् । चाडपर्वमा छोराछोरी र परिवारलाई खर्च पुराएर १५ हजार बचत गरेको क्षण उनी सम्झन्छिन् । उनी भन्छिन्,‘काम गर्न सकियो भने पैसाको अभाव कहिल्यै हुँदैन ।’ तर, घरको जिम्मेवारी सबै पूरा गरेर मात्रै उनले काठको बुट्टा पाउछिन् । दोहोरो परिश्रमले महिला जुध्नुपर्दाको कठिनाइ उनले मात्रै होइन, धेरै गृहश्रमिक महिलाले भोग्नुपरेको छ ।


ललितपुरकै ५३ वर्षीया मानदेवी शाक्य धूप बनाउँछिन् । घरमा पूजा गर्न बनाउने धूप उनले बिस्तारै अरुलाई बनाइदिनथालिन् । छिमेकीलाई सहयोग गर्दागर्दै धूपबनाउने काम व्यावसायिक बनाउन थालेको उनी बताउँछिन् । एक दिन उनलाई दुई हजार रुपैंया“को खाचो प¥यो । छिमेकीले पनि दिएनन् । आफूसँग पैसा नहुँदा दुःखपाएको क्षण उनी सम्झिँदै भन्छिन्, ‘दुई हजार सापटी नपाएर धूपबनाई व्यापार गर्न थालें ।’
आर्थिक रूपमा थोरै भए पनि महिलासँग हुनु जरुरी रहेको मानदेवीको जीवन भोगाइले सिकाउँछ । तीनदशकदेखि धूपको व्यापार गरेकी उनी खेतीपाती र घरधन्दा सकेर बचेको समय धूपबनाउन लगाउँछिन् । अर्डर अनुसार काम पु¥याउन उनलाई हम्मेहम्मे हुन्छ । समय खेर फाल्ने फुर्सद छैन । मोबाइल हेरेर रमाइलो गर्ने समय छैन । उनी त्यही धूपबनाउन रमाइलो मान्छिन् । कहिलेकाहीँ गृह श्रमिक महिलालाई उत्पादनमा कच्चापदार्थ नपाउँदा समस्या झेल्नुपर्छ । बजार महँगिएको छ । त्यसअनुसार सामानको भाउ बढ्छ र हातको मेहनत उत्तिकै लाग्छ । अर्डर पूरा गर्न रातभरि नसुतेर काम गरेको उनी बताउँछिन् । तर, त्यो मेहनत अनुसार पारिश्रमिक नपाउँदा अलि दुःखी छिन्, मानदेवी ।

घरमै बसेर आफूसँग भएका सीपको अर्थोपार्जन गर्नुलाई गृहश्रमिक भनिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले सन् २०१९ मा गरेको अध्ययनअनुसार, विश्वभर २६ करोडभन्दा बढी गृहश्रमिकहरू छन्, जो विश्वव्यापीश्रमशक्तिको ८ प्रतिशत हो । तीमध्ये १४ करोड ७० लाख ५७ प्रतिशत) महिला छन् ।

 Image