फेसनमा नयाँ एसेसरिज
फेसन बजार परिवर्तित छ । खासगरी पहिरन शैली सधै एकनास रहँदैन । एसेसरिजको फेसन बजारमा पनि हरेक वर्ष नयाँ डिजाइन भित्रिरहेको हुन्छ । यसले व्यक्तिको सौन्दर्य निखार्ने काम गर्छ ।

वर्षायाममा पहिरन छनौट गर्दा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । धेरै पानी पर्दा हिलो तथा तुरुन्तै घाम लागिहाले धुलो हुने भएकाले पहिरन छान्दा, लगाउँदा निकै विचार गर्नुपर्छ ।
यो मौसममा शुद्ध सुतिका पहिरन उपयुक्त मानिन्छन् । पानी पर्ने समय भएकाले रंग जाने पहिरन लगाउनुहुँदैन । घाम असाध्यै चर्किने भएकाले सिल्क, साटनजस्ता पोल्ने खालका पहिरन नलगाउनु नै उपयुक्त हुन्छ ।
वर्षा मौसममा हल्का वानपिस, क्वार्टर पाइन्ट, लिनेनका पाइन्टसंग रेनी सुज अर्थात प्लास्टिकका जुत्ता लगाउनु राम्रो हुन्छ । यो मौसममा हेभी डिजाइन अथवा वर्क गरिएका पहिरन उपयुक्त मानिदैनन् ।
रोजिना श्रेष्ठ, कायरा बुटिक