Successfully Copied

समर फेसन

यसपटकको समरमा जम्स सुटले गत वर्षजस्तै बजार लिइरहेको छ । कटन तथा लाइक्राका जम्स सुट हेर्दा कुल र लगाउँदा सहज हुन्छन् । सादा तथा प्रिन्टेट जम्स सुट युवापुस्तामाझ प्रिय पहिरनका रूपमा स्थापित छ । क्याजुअल वेयरमा जम्स सुट धेरैको रोजाइको पहिरन भएको छ ।

पहिले जस्तो उमेरअनुसार पहिरन लगाउने समय अहिले छैन । अहिले धेरैजसो मानिस आफू कसरी स्मार्ट, एलिगेन्ट र फरक देखिने भन्ने धुनमा हुन्छन् । व्यस्त जीवन शैलीले गर्दा पनि लगाउँदा र हिँड्दा सजिलो पहिरन नै सबैको रोजाइमा पर्छ । अहिलेको समय आमा र छोरी एउटै पहिरनमा हिँड्ने समय हो । अहिले पार्टनर वा साथीहरूसँग दुरुस्तै सेट मिलाएर पहिरन लगाउने चलन पनि छ ।

यसपटकको समरमा जम्स सुटले गत वर्षजस्तै बजार लिइरहेको छ । कटन तथा लाइक्राका जम्स सुट हेर्दा कुल र लगाउँदा सहज हुन्छन् । सादा तथा प्रिन्टेट जम्स सुट युवापुस्तामाझ प्रिय पहिरनका रूपमा स्थापित छ । क्याजुअल वेयरमा जम्स सुट धेरैको रोजाइको पहिरन भएको छ । जम्स सुट यसपटकको समरमा बालबालिकादेखि युवासम्ममा हाबी हुने पहिरन हो ।

फेसनमा पुनरावृत्ति

फेसनविज्ञहरू भन्छन्–फेसनमा नयाँ प्रयोग हुनुभन्दा पनि पुनरावृत्ति बढी हुन्छ । विगतमा चलेको फेसन फेरि कुनै बेला प्रयोगमा आउन सक्छ । त्यसरी आएको फेसनमा समयानुकूल केही मोडिफाइ भने हुन्छ । कुनै बेला नेपाली फेसनमा बलिउडको प्रभाव थियो । बलिउड अभिनेता–अभिनेतृहरूले लगाउने पहिरन शैलीलाई हुबहु अनुशरण गर्ने युवाहरू बढी थिए । पुरानो जमानामा चलेको त्यही फेसन अहिले पनि मोडिफाइ भएर आइरहेको छ ।

के छ फेसन ट्रेन्डमा

यो वर्ष अल्ट्रा भाइलेट चलेको छ । हरेक किसिमको पहिरनमा यही कलर चल्तीमा छ । सिफनको साडीदेखि इभिनिङ गाउनसम्ममा अल्ट्रा भाइलेट रंग नै हाबी छ ।

इनोभेटिभ स्लिभ 

अहिलेका फेसनेबल महिलाहरू फेसनमा फ्युजन स्टाइल रुचाउँछन् । फ्युजनमा स्लिभ्स चलेको छ । अफ सोल्डर फेसन हराइसकेको अवस्थामा किमोनो स्लिभ्स, वन साइड स्लिभ्स, कप स्लिभ्स आदि बढी रुचाइएको छ ।

प्लाजो र सही स्टाइलिङ

यो सिजनमा प्लाजो ट्रेन्डमा छ । यो लगाउन सहज त छ नै यसको सही स्टाइलिङले ग्ल्यामरस लुक्स दिन्छ । यो समरमा स्कर्ट, वान पिसका अतिरिक्त प्लाजोको फरक लुक्सलाई पनि प्रयोग गर्न सकिन्छ । एभर ग्रिन प्लाजोको फरक लुक्सलाई आफ्नो आउटफिट बनाई आकर्षक देखिन सकिन्छ ।

स्ट्रेट प्लाजो

ठूलो फ्लेयर मन नपराउनेहरूले स्ट्रेट प्लाजो लगाउन सक्छन् । यसका साथमा छोटा तथा लामा कुर्ती लगाउन सकिन्छ । आकर्षक देखिन कन्ट्रास सेड्स छान्नुपर्छ । जस्तै ः प्लाजो पहेंलो छ भने हरियो कुर्ती ।

फ्लेयर्ड प्लाजो 

यो लंग स्कर्टजस्तै देखिन्छ । यसका साथमा टप वा कुर्ती लगाउन सकिन्छ । एथनिक लुक्सका लागि फ्लेयर्ड प्लाजोका साथमा प्रिन्टेड कुर्ती वा क्याजुअल वेयरका लागि टिसर्ट र हाइ कलर सर्ट प्रयोग गर्न सकिन्छ ।

प्लिटेड प्लाजो

यसमा साडीमा जस्तै मसिनो प्लिट्स हुन्छ । यसका साथमा छोटो टप्स र ए लाइन कुर्ती म्याच गर्छ । स्टाइलिस्ट लुकका लागि हाइ–लो कुर्ती लगाउन सकिन्छ जसको अगाडिको भाग छोटो र पछाडिको भाग लामो हुन्छ ।

 

 Image