जाडोमा न्याना पहिरन
वातावरणीय तापक्रम घटेसँगै शरीरलाई न्यानोपन प्रदान गर्ने ‘फेसन स्टाइल’ मा आकर्षण बढ्नु स्वाभाविक हो । आफ्नो व्यक्तित्वलाई आकर्षक रूपमा प्रस्तुत गर्न चाहनेहरूका लागि ‘विन्टर फेसन एसेसरिज’ ले यसमा थुप्रै विकल्प प्रदान गर्न सक्छ ।
आग्रेजी क्यालेन्डर अनुसारको नयाँ वर्ष आगमनलाई सदुपयोग गर्दै हालै राजधानीमा फेसन शो सम्पन्न भएको छ । लाजिम्पाट स्थित इचिवनमा संचालन भएको फेसन शो कार्यक्रममा विभिन्न डिजाइन, स्टाइलका फेसनेबल पहिरनहरुलाई मोडलहरुले आकर्षक ढंगबाट प्रस्तुत गरेका थिए ।
सिएनएन फेसन टचको आयोजनामा संचालन भएको सो फेसन कार्यक्रममा गायक प्रमोद निर्वाणले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । गीत संगीत, नृत्य तथा फेसनको ककटेल प्रस्तुतिले न्यु इयर सेलिब्रेसन मूडमा रहेकाहरुलाई कार्यक्रमले राम्रो खुराक पस्केको थियो ।
कार्यक्रममा इभेन्ट म्यानेजर मनिशा राउत आफैं शो स्टपरका रुपमा प्रस्तुत भएकी थिइन् ।