समर फेसन मुड
उष्ण गर्मीसँगै फेसन र स्टाइलमा पनि त्यसको प्रभाव देखिन थालेको छ । विविध रंगका ‘ब्राइट सेड्स’ र ‘एजी सिलहुट्स’ का शैलीहरू ‘समर स्टाइल’ का आकर्षण बन्दैछन् ।

आग्रेजी क्यालेन्डर अनुसारको नयाँ वर्ष आगमनलाई सदुपयोग गर्दै हालै राजधानीमा फेसन शो सम्पन्न भएको छ । लाजिम्पाट स्थित इचिवनमा संचालन भएको फेसन शो कार्यक्रममा विभिन्न डिजाइन, स्टाइलका फेसनेबल पहिरनहरुलाई मोडलहरुले आकर्षक ढंगबाट प्रस्तुत गरेका थिए ।
सिएनएन फेसन टचको आयोजनामा संचालन भएको सो फेसन कार्यक्रममा गायक प्रमोद निर्वाणले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । गीत संगीत, नृत्य तथा फेसनको ककटेल प्रस्तुतिले न्यु इयर सेलिब्रेसन मूडमा रहेकाहरुलाई कार्यक्रमले राम्रो खुराक पस्केको थियो ।
कार्यक्रममा इभेन्ट म्यानेजर मनिशा राउत आफैं शो स्टपरका रुपमा प्रस्तुत भएकी थिइन् ।