Successfully Copied

फ्युजन फेसन शैली

रफल्ड बल गाउन पेरिस कुट्रर विकको केन्द्र रह्यो । यसलाई आफ्नो ट्रेडिसनमा म्याच गरी लगाउनु उपयुक्त हुन्छ । साडीलाई ट्विस्ट दिई साडी गाउन लगाएर पार्टीमा स्टाइलिस तथा फरक देखिन सकिन्छ । साडी गाउनमा रफल्सको प्रयोगले पहिरनलाई अझ स्टाइलिस देखाउँछ ।

लङ ज्याकेट : जब सेलिब्रेटीहरूले रेड कार्पेटमा साडीका साथमा लङ ज्याकेट लगाउन थाले, ज्याकेटको प्रचलन बढ्दो पाइयो । अहिले छोटा कपडाको युगमा लङ ज्याकेट ट्रेन्डी देखिन थालेको छ । यो सबै बडी टाइपमा फिट हुन्छ र यसले अग्लो तथा स्लिम देखाउँछ । चिसो मौसमका लागि पनि लङ ज्याकेट अनुकूल हुन्छ । यसलाई जिन्स र सर्ट्सबाहेक सलवार एवं साडीका साथमा पनि म्याच गर्न सकिन्छ । कुर्ता–सलवारका थुपै्र भेराइटी बजारमा उपलब्ध हुन्छन् । धोती पाइन्टका साथमा लङ ज्याकेटयुक्त कुर्ताको जादु त्यसमध्ये एउटा विकल्प हुनसक्छ ।

साडीको आकर्षण : साडीका लागि ब्लाउज सबैभन्दा बेस्ट फ्रेन्ड हो । एक्सपेरिमेन्ट गर्ने हो भने वा पार्टीमा फरक देखिन साडीका साथमा इम्ब्रोइडरी वा इम्बेलिस्ड लङ ज्याकेट प्रयोग गर्न सकिन्छ । गाढा सेडको लङ ज्याकेटका साथमा कुनै पनि साडी म्याच गराउन सकिन्छ । साडी धेरै हेभी हुनु हुँदैन । अहिले पेटिकोटको जमाना छ तर अब प्लाजो पाइन्टदेखि धोती पाइन्ट तथा चुँडीदारका साथमा साडी लगाउन थालिएको छ । इच्छा भए ब्लाउजका साथमा लामो वा छोटो कुर्ती पनि उपयुक्त हुन्छ ।

साडी गाउनको विशेष मेल

रफल्ड बल गाउन पेरिस कुट्रर विकको केन्द्र रह्यो । यसलाई आफ्नो ट्रेडिसनमा म्याच गरी लगाउनु उपयुक्त हुन्छ । साडीलाई ट्विस्ट दिई साडी गाउन लगाएर पार्टीमा स्टाइलिस तथा फरक देखिन सकिन्छ । साडी गाउनमा रफल्सको प्रयोगले पहिरनलाई अझ स्टाइलिस देखाउँछ ।

लेहेंगाको कुरा

विवाहमा केही फरक प्रयोग गर्ने इच्छा छ भने लेहेंगामाथि अंगरखा लगाउनु उपयुक्त हुन्छ । यसले भव्य लुक दिनुका साथै विशेष देखाउँछ । इच्छा भए यसमा इम्ब्रोइडरी गरिएको ज्याकेट लगाउन सकिन्छ । लेहेंगाको बोर्डरमा मात्र बुट्टा होस् वा हेभी लेहेंगा दुवैमा ज्याकेट खुल्न सक्छ । यस प्रकारको लेहेंगा कम बजेटमै तयार हुन्छ र लुक पनि ग्रेसफुल तथा ट्रेन्डी बन्छ । अफ सोल्डर तथा क्रप्ड ब्लाउजलाई पनि लेहेंगाका साथ लगाउन सकिन्छ, यसले इन्डो वेस्टर्न लुक प्रदान गर्छ ।

धोती पाइन्ट्स

साडी र वेस्टर्न पाइन्टको सुन्दर मिक्स एन्ड म्याच हो–धोती पाइन्ट । क्रप्ड नि–लेन्थ होस् वा एङ्कल लेन्थ, यो अत्यन्त आकर्षक हुन्छ । दैनिक प्रयोग गर्न सकिने यो शैली क्रप्ड टपका साथ वा छोटो कुर्ताका साथ अपनाउन सकिन्छ । यसमा अगाडि खुल्ला भएको म्याक्सी टप पनि फरक देखिन्छ ।

बनारसी टप : पोन्चो टपदेखि ब्लिट स्लिभ केप्स तथा बक्सी ज्याकेट पुरानो र रिच फेब्रिकमा अत्यन्त मन पराइएको पाइन्छ । आफ्नो पुरानो सिल्कका साडीको प्रयोग कुर्ती बनाउन मात्र होइन क्रप टपदेखि लिएर ज्याकेट्स बनाउनसम्म गर्न सकिन्छ ।

जिपर अब ब्लाउजमा पनि

डिकन्स्ट्रकटेड फेसन यसपटक प्रचलनमा रह्यो । परम्परागत पहिरनबाट हटेर केही नयाँ गर्ने चाहना सबैमा छ । जिपर वेस्टर्न ड्रेसेजमा लुकेको भए पनि अब जिपर पनि देखिन थालेको छ । त्यो पनि ट्रेडिसनल पहिरनमा फ्रन्ट जिपर भएको ब्लाउजको प्रयोग बढ्दो पाइन्छ ।

ब्ल्याक एन्ड ह्वाइटको जमाना

गाढा ब्राइट रंग एलिगेन्सको पर्याय हो । त्यसैले विवाह वा पार्टीमा गाढा रंगलाई प्राथमिकता दिइन्छ । कालो रंगलाई विवाह परिवेशबाट टाढा राखिन्छ तर अब कालो रंगको लेहेंगाका साथमा गोल्ड वर्क वा क्रिम रंगको लेहेंगामा गोल्ड वा सिल्भर वर्क खुबै रुचाइएको पाइन्छ ।

फ्रिन्ज फ्रेन्जी

स्कर्ट, फुटवेयर ड्रेसेज तथा ब्याग्सपछि अब पोसाकमा कि वे फ्रिन्ज उपयोग हुन थालेको छ । फ्रिन्ज ब्लाउज त पहिले नै प्रचलनमा थियो । अब ब्लाउजका साथमा फ्रिन्ज फिनिस्ड साडी तथा दुपट्टा पनि उपलब्ध हुन थालेको छ । फ्रिन्ज फ्रेन्जी बेहुलीमा निकै स्टाइलिस र ट्रेन्डी देखिन्छ ।

 

 Image