तीजको पहिरनशैली
तीज पर्व ‘स्त्रीत्वको उत्सव’ हो । यो पर्वका अवसरमा जोकोही विशेष र फरक लुकमा देखिन चाहन्छन् । फेसन डिजाइनरहरू भन्छन्, ‘चाडपर्वमा परम्परागत पहिरन शैली नै रुचाइन्छ ।’ हरेक वर्ष नयाँ फेसन चल्ने होइन थोरै मोर्डनाइज गरी लगाउने हो ।
नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १४ औँ ब्याचका ८४ जना विधार्थी डिजाइनरहरुको ग्राजुएसन फेसन शो तथा परिक्षा अन्तर्गतको मुल्यांकन चरणको अन्तिम लेखाजोखा आउँदो असोज २१ गतेसम्पन्न हुँदैछ । ‘अभूतपूर्व परिकल्पना’ शीर्षक अन्तर्गत संचालन हुने यो फेसन शोको मुख्य पाटोको रुपमा रहेको क्रिएटिभ राउन्ड सम्बन्धी डिजाइनरहरुको सृजनशील अभिव्यक्तिको हालै मुल्यांकन भएको छ ।
क्रिएटिभ शीर्षक अन्तर्गत विद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरनशैलीको नमूना स्वरुप ‘स्वाच वर्क’ लाई फेसन हालै सम्पन्न प्रिजजिङ राउन्डमा मुल्यांकन गरिएको थियो ।
परिकल्पना शीर्षक अन्तर्गतको क्रिएटिभ वेयरमा भविष्यमा संभावना बोकेका फ्युरिष्टिक पहिरनहरु क्रिएटिभ राउन्डमा प्रस्तुत हुने छन् । होटल सोल्टी क्राउन प्लाजामा संचालन हुने यो फेसन शोमा क्रियटिभ राउन्ड बाहेक अन्य प्रस्तुतिहरुमा कल्चुरल डाइभर्सिटि, ग्ल्याम डिभा, नेचुरल फाइबर, पेस्टल,स्लिट्स एण्ड स्लीव्स तथा पप आर्ट अवधारणामा आधारित पहिरनहरुको कलेक्सन समावेश हुनेछ ।