विन्टर फेस्टमा पस्मिना फेसन
एल एन्ड एन मोडल एजेन्सीले द विन्टर फेस्ट–२०१९ शीर्षकको फेसन शोमार्फत नेपालमै उत्पादित पस्मिनाबाट तयार पारिएका विभिन्न आकर्षक पहिरनहरूलाई प्रस्तुत गरेको छ ।

सकिलाको अनुहार भी सेपको छ । उनको अनुहारमा डार्क सर्कल तथा चायाँसमेत छ । त्यसैले उनले नियमित मेकअपमा छालाका धब्बाहरू छोप्ने कन्सिलर प्रयोग गर्नुपर्छ । छाला सुख्खा भएकाले उनले मोइस्चराइजर पनि मज्जाले नै प्रयोग गर्नुपर्छ । यस्तो छालामा सनस्किन तथा अन्य जुनसुकै लोसन पनि मोइस्चराइजर बेस भएकै लगाउनुपर्छ । सकिलाको नाक अलिकति मोटो भएकाले कन्ट्रोरले कटिङ गर्दा राम्रो देखिन्छ ।गाला मोटो खालको भएकाले जलाइनलाई कटिङ गरी अनुहारलाई स्लिम लुक दिन सकिन्छ । उनको कामको प्रकृतिअनुसार सिम्पल डे मेकअप सुहाउँदो देखिन्छ । गाजल र न्युड लिपिस्टिकले आकर्षक देखाउनुका साथै स्मार्ट लुकसमेत दिन्छ । सकिलाले कन्सिलर, फाउन्डेसन, कन्ट्रोर प्रयोग गरी न्युड मेकअप गर्नु उपयुक्त हुन्छ । सकिलाको केश कर्ली भएकाले उनलाई जस्तोसुकै स्टाइल पनि सुहाउँछ तर जलाइन ठूलो भएकाले केश बाँध्दा मोटो देखिन्छ तसर्थ केश रफ्नै छोड्दा राम्रो हुन्छ ।
मेकअप : रचना शाक्य, केटीएम मेकअप स्टुडियो, टेकू
तस्बिर : महेश प्रधान
संयोजन : सिर्जना दुवाल श्रेष्ठ