Successfully Copied

फेस्टिबल मेकअप

- सफा बेसका लागि अनुहार क्लिन्जिङ गर्ने । - मेकअप लामो समय टिकाउन अनुहारमा टोनखअप गर्ने ।

-   सफा बेसका लागि अनुहार क्लिन्जिङ गर्ने ।

-   मेकअप लामो समय टिकाउन अनुहारमा टोनखअप गर्ने ।

-    कुन समयका (दिउँसो वा राति) लागि मेकअप गर्ने हो सोहीअनुसार मेकअप गर्ने ।

-    गुणस्तरीय मेकअप सामग्री नै प्रयोग गर्ने ।

मेकअपका लागि

-   छालाको प्रकारअनुसार मेकअप प्राइमर लगाउने ।

-  रिच फाउन्डेसन लगाउने ।

-   फाउन्डेसन फिक्स गर्न मिनरल वा रोज पाउडर लगाउने ।

-  मेकअप फिक्सिङ स्प्रेले पूरा अनुहार स्प्रे गर्ने ।

-  टिस्यु पेपरले ड्याप गर्ने ।

-   नाक, गाला तथा चिउँडोमा कन्टोर गर्ने ।

-   कन्टोरपछि हाइलाइट गर्ने ।

-  हाइलाइट गर्दा ग्लो हाइलाइटर प्रयोग गर्नुपर्छ जसले मेकअपलाई नेचुरल देखाउँछ । ब्रोन्जरले हल्का ब्रोन्जिङ गर्ने ।

आइ मेकअप

-    आइ प्राइमर लगाउने ।

-   ब्लेन्डिङ ब्रसले आइस्याडो लगाउने । आइस्याडो आइबल वरपर लगाउनुपर्छ ।

-   चाडपर्वमा स्याडो ब्राउन, डार्क ब्राउन वा लाइट ब्राउन आइस्याडो उपयुक्त हुन्छ ।

-  हाफ आइबलमा लाइट गोल्डेन कलरको स्याडो लगाउने ।

-   आइलिडमा इनर आइ ब्ल्याक पेन्सिल प्रयोग गर्ने ।

-  परेलामा भोलुम मस्कारा लगाउने ।

- आइ वाटर लाइनमा हाफ लाइनसम्म ह्वाइट पेन्सिल र अर्को हाफ लाइनसम्म ब्ल्याक पेन्सिल लगाउन सकिन्छ ।

-   आइ कर्नरमा आइलाइनरले सुहाउँदो विंग्स बनाउने ।

- आइब्रो सेडले आइब्रो मिलाउने ।

-  आइ हाइलाइटको प्रयोग हल्का गर्ने ।

लिप मेकअप

-  लिप प्राइमर वा लिप वाम लगाउने ।

-   लिपलाइनरले आउट लाइनर कोर्ने ।

-   पहिरन तथा मेकअपअनुसार लिप कलर लिपिस्टिक लगाउने ।

-   चाडपर्वमा म्याट लङ लास्टिङ लिपिस्टिक नै प्रयोग गर्ने ।

-   लिपको माथि हल्का हाइलाइटरले हाइलाइट गर्ने ।

                                                          -  आइटीसी ब्युटिपार्लर, नक्साल

 Image