पर्स वा ब्याग वुमेन वार्डरोबमा एउटा महत्वपूर्ण एसेसरिजका रूपमा रहने गरेको छ । पर्स र ब्यागप्रतिको रुचि हरेक वर्ग र उमेर समूहका महिलामा उत्तिकै पाइन्छ । पर्सअनुरूप पनि केही हदसम्म महिलाको व्यक्तित्व बुझ्न सकिन्छ ।
क्लच वा डिजाइनर पर्स : यस प्रकारको स्मार्ट पर्स सानो भए पनि निकै सुन्दर हुन्छ । यो ब्राइडल फङ्सन तथा पार्टीका लागि उपयुक्त मानिन्छ । यसमा दुलहीले आफ्ना लागि अत्यावश्यक कुराहरू राख्न सक्छन् । यस्तो ब्याग धेरैजसो पार्टीमा प्रयोग हुन्छ । यसले बुमेन पर्सनालिटीमा ग्ल्यामरस लुक सञ्चार गर्छ । यद्यपि पार्टीमा क्लच वा पर्सलाई हरेक समय साथमा राख्न कठिन हुन्छ तर पनि यसलाई रुचाउने तथा सुन्दर खालको पर्स क्यारी गर्ने महिलाहरू स्वभावत: विन्दास व्यक्तित्वका हुन्छन् र उनीहरू भीडमा पनि अलग देखिन्छन् ।
फ्लेसी ब्याग : यस प्रकारको ब्याग विभिन्न रंग तथा सुन्दर डिजाइनमा उपलब्ध हुन्छन् । यसलाई चेन र बकल्स दुवै तरिकाबाट खोल्न सकिन्छ । यसलाई रुचाउने महिलाहरू व्यवहारमा विन्दास हुन्छन् । उनीहरू धेरै सोच–विचार गर्दैनन् र आफ्नो इच्छाका मालिक हुन्छन् । मोती र सुन्दर रत्न जडित यस प्रकारको ब्याग रुचाउने महिलाहरू कलालाई महत्व दिने खालका हुन्छन् ।
ब्याक–प्याक : नामअनुसार यस प्रकारको ब्यागलाई काँधमा झुन्डाउन सकिन्छ । यसलाई हातमा बोक्नुको साटो काँधमा बोकिन्छ । जुन महिला हातलाई मुक्त राख्न चाहन्छिन् तिनका लागि यो ब्याग अत्यन्त उपयुक्त हुन्छ र यस्ता महिलाहरू स्वभावैले फुर्तिला एवं व्यावहारिक दृष्टिकोण राख्ने खालका हुन्छन् । उनीहरू अत्यन्त मेहनती मानिन्छन्, कारण उनीहरू आफ्नो सम्पूर्ण बोझ आफ्नो काँधमा लिएर घुम्छन् ।
सोल्डर ब्याग : यस प्रकारको ब्यागको चलन लामो समयदेखि चल्दै आएको छ तर यो कहिल्यै आउट अफ फेसन भएको छैन र आज पनि यो महिलाहरूको रोजाइमा छ । यस्तो ब्याग सुन्दर तथा आरामदायक हुन्छ । यसलाई रुचाउने महिलाहरू मेहनती हुन्छन् भने आफ्नो परिवारप्रति पर्याप्त रुचि एवं जीवनलाई सन्तुलित राख्छन् । जिन्स र टपमा पनि यस्तो ब्याग सुहाउँछ ।
स्टाइलिस एवं आकर्षक पर्स : स्टाइलिस पर्सको रंग, डिजाइन, फेब्रिक आम पर्सभन्दा फरक र अलग हुन्छ । यो पर्स साधारण खालको हुँदैन, यसमा केही सुन्दर तस्बिर पनि हुन्छन् । जुन महिला आफ्नो हरेक काम पूरा गर्न मनैदेखि प्रयत्नशील हुन्छिन् र जीवनको कठिनाइबाट कत्ति पनि डराउने वा हडबडाउने काम गर्दिनन् र उनको पहिलो रोजाइ यस प्रकारको स्टाइलिस पर्स हुन्छ । पर्स खरिद गर्दा रंग, आकार तथा डिजाइनमा ध्यान दिनुपर्छ, जसबाट व्यक्तित्वमा थप निखार आउँछ ।