‘काठमाडौं फेशन विक’ को रौनक
फेशन डिजाइनर सेन्टरको आयोजनामा नेपालमै पहिलो पटक लाजिम्पाटस्थित होटल रयाडिसनमा शनिवार आयोजना गरिएको फेशन शो मा ९ वटा बुटिकले भाग लिएका थिए
गत पुस १२ गते चीनको चोङगोङमा आईईसी कलेज फेसन एसिया–२०१६ ले सम्मानित भयो । फेसन एसिया पुरस्कार एसियाली फेशन, विश्व एसियाली फेशन उद्योगको लागि विश्व फेशन मिडिया एसोसिएशनद्वारा सिर्जना गरिएको पहिलो सहयोग मञ्च हो । जसले हरेक साल फेशन उद्योगमा उल्लेखनीय उपलब्धि हासिल गर्ने संस्था तथा उत्कृष्ट व्यक्तित्वलाई सम्मान गर्छ । आईईसी एसियाको पाँचौं टप फेसन अर्गनाईजेसन अफ द इयरबाट सम्मानित भएको हो ।
