समर फेसन मुड
उष्ण गर्मीसँगै फेसन र स्टाइलमा पनि त्यसको प्रभाव देखिन थालेको छ । विविध रंगका ‘ब्राइट सेड्स’ र ‘एजी सिलहुट्स’ का शैलीहरू ‘समर स्टाइल’ का आकर्षण बन्दैछन् ।
जोकोही सुन्दर देखिन तथा अरूलाई आफूतर्फ आकर्षित गर्न चाहन्छन् । आफ्नो सुन्दरताका कारण अरूलाई प्रेरित गर्ने इच्छा स्वाभाविक पनि हो । यसका लागि आफूसँग केही कला हुनु जरुरी छ । जसले सुन्दर बन्न सहयोग गर्छ र अरुलाई पनि आफ्नो सुन्दरताको जादुले मोहित तुल्याउन सकिन्छ ।