Successfully Copied

शान्तिलाई मिसेस् तामाङको ताज

एस.के. इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न सो प्रतियोगितामा १७ जना प्रतिस्पर्धी उपाधि दौडको यात्रामा सहभागी थिए ।

गत साता राजधानीको प्रज्ञा भवनको डबलीमा विवाहित तामाङ महिलाहरुमा केन्द्रित जातीय सौन्दर्य प्रतियोगिता ‘मिसेस् तामाङ’ को पहिलो संस्करण सम्पन्न भएको छ । एस.के. इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न सो प्रतियोगितामा १७ जना प्रतिस्पर्धी उपाधि दौडको यात्रामा सहभागी थिए । तामाङ समुदायको साास्कृतिक सेरोफेरोमा सम्पन्न सो प्रतियोगितामा शान्ति तामाङले पहिलो मिसेस् तामाङ २०१६ को ताज पहिरिन सफल भइन् । उनले उपाधिसहित पुरस्कारका रुपमा नयाा स्कुटर पनि हात पारिन् । मुख्य उपाधिबाहेक शान्तिले फेसबुक तथा पपुलर अवार्ड पनि आफ्नो नाममा दर्ता गराउन सफल भइन् ।

प्रतियोगितामा अन्नु कुमारी लामा फस्ट रनर अप तथा अनिता लामा सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । अन्नुले फ्रेन्डशीप तथा पार्टिसिपेन्ट्स च्वाइसको अवार्ड पनि प्राप्त गरिन् भने अनिताले भिअर च्वाइस र वेस्ट पर्फमेन्स अवार्ड जित्न सफल भइन् । रोजिन शाक्य कोरियोग्राफर रहेको यो प्रतिस्पर्धामा सुनीता घलान र श्याम माया तामाङ क्रमश: थर्ड तथा फोर्थ रनर अप घोषित भएका थिए । सुनीताले ट्यालेन्ट र पर्सनालिटी विधाको अवार्ड आफ्नो पक्ष पारिन् भने श्याम माया वेस्ट वाक अवार्डमा उत्कृष्ट ठहरिन् । यसैगरी राधा ठोकर फिफ्थ रनर अपका रुपमा छनौट भइन् । उनी ब्युटिफुल स्माइलको पनि हकदार बनिन् ।

 

 Image