ओरियन फेसन सो फर च्यारिटी’ अंकित टिसर्ट लगाएका मोडलहरू साथमा डाउन सिण्ड्रोम बालबालिकाहरुलाई डोऱ्याउँदै मञ्चमा देखा परे । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको हलमा भरिएका दर्शक उक्त सिक्वेन्समा ताली बजाइरहे । सामाजिक सेवाको उद्धेश्य बोकेर ओरियन फेसन बुटिकले आयोजना गरेको उक्त फेसन सोमा १६ जना मोडलहरूले साडी, कुर्ता–सलवार तथा लहंगाका विभिन्न डिजाइनहरू प्रस्तुत गरेका थिए ।
मञ्चको अगाडी बनाइएको बक्स शैलीको र्याम्पमा मोडलहरूलाई सोजटपर भएर साथ दिन नायिकात्रय अशिष्मा नकर्मी, सम्पदा बानियाँ तथा मरिष्का पोखरेल प्रस्तुत भएका थिए । यसका अतिरिक्त सोमा ‘बर्न भ्वाइलेन्स’ अर्थात आगोबाट जलेका वा जलाइएका महिलाहरुले पनि आकर्षक पहिरन लगाएर क्याटवाक गरेका थिए । डाउन सिण्ड्रोम भएका बालबालिका तथा एचआइभी पिडित बालबालिकाहरूको गायन तथा नृत्य प्रस्तुतिले दर्शकको मन छोएको थियो । उनीहरुकै लागि सहयोग गर्न आयोजना भएको उक्त फेसन सोमा ओरियन बुटिककी डिजाइनर तथा सञ्चालिका नीलम शाही ठकुरीले डिजाइन गरेका पहिरनहरू प्रस्तुत गरिएका थिए ।
तस्विरहरु : महेश प्रधान