स्टाइल र स्टेटसका सम्बन्धमा हरेक महिला परफेक्ट देखिन चाहन्छन् । त्यसका लागि उनीहरू अनेकौं प्रयास पनि गर्छन् तर कतिपय अवस्थामा स्टाइलिस देखिने चक्करमा नसुहाउँदो हेयर स्टाइल अंगालिएको पनि पाइन्छ । हेयर स्टाइल आफ्नो मुहार, हाइट एवं पहिरनअनुरूप हुनुपर्छ ।
मुहारअनुसार
–यदि मुहार भरिएको छ भने बब कट र सर्ट ब्लन्ट हेयर सुहाउँदिलो हुन्छ ।
–यदि मुहार गोलो छ भने मुहार ढाकिने हेयर स्टाइल उपयुक्त हुन्छ ।
–चौडा निधारमा अनइवेन फ्रन्च सुन्दर देखिन्छ, पातलो मुहारमा मुहार नछोपिने हेयर स्टाइल बढी सुहाउँछ । यस्तो मुहारमा ब्याककोम्ब बढी राम्रो हुन्छ ।
–साडीसित हाई रेन्ज जुरो वा लामो चुल्ठो राम्रो हुन्छ । जिन्समा केश छोड्दा वा लुज पोनी राम्रो मानिन्छ ।
पहिरनअनुरूप
यदि इन्डियन आउटफिट लगाउने हो भने लङ, स्ट्रेप, फेदर ब्लन्ट, रेजर, यु स्टेट आदि हेयर कट सुहाउँदिलो हुन्छ तर ड्रेस वेस्टर्न छ भने सर्ट मसरुम कट, क्रु कट तथा बब कट राम्रो हुन्छ ।
हाइटअनुरूप
–यदि हाइट कम छ भने लङ लुक दिने हेयर कट र स्टाइल राम्रो हुन्छ । जस्तै पोनी टेल वा हाइ बब आदि ।
केही अन्य कुरा
–फ्रेन्च बन्स, सिम्पल रोल्स, बंगाली जुरो आदि अफिसका लागि सुहाउँदिला हुँदैनन् । त्यसैले जुरो बनाउनुको साटो पोनी बनाउनुपर्छ वा केशलाई हल्का कल्चर वा रफलले बाँध्नुपर्छ ।
–यदि टेबल जब गर्नुहुन्छ भने केशलाई पछाडि फर्काएर पिनअप गर्नुपर्छ तर केशलाई फिल्क गरेर काट्नु हुँदैन । यदि त्यसैगरी काट्ने हो भने लामो गरी काट्नुपर्छ ।
–रेजर कट विद स्टेप्स, ब्लन्ट कट, सर्ट ब्लन्ट, ब्याय कट आदि अफिसका लागि परफेक्ट हेयर कट हुन् ।
–केश ड्राई छ भने अवसर पाउनेबित्तिकै ब्रस गर्नुपर्छ । केशलाई बेट लुक दिन विलिङ कन्डिसनर प्रयोग गर्नुपर्छ ।
–छोटो खुल्ला केशलाई विस्तारै ब्रस गर्नुपर्छ । यतिबेला जेल प्रयोग गरी ब्रस गर्न सकिन्छ ।
–यदि केश स्ट्रेट छ भने खुल्ला राख्नुपर्छ । नयाँ लुक दिन ब्याक पिनअप गर्नुपर्छ वा कल्चर लगाउनुपर्छ ।
–कर्ली हेयर छ भने केशलाई कहिलेकाहीँ स्ट्रेट गर्नु राम्रो हुन्छ ।
–यदि पर्मिङ गराइएको छ र केश सुख्खा भएको छ भने हल्का वेटयुक्त जेल लगाउनुपर्छ ।