Successfully Copied

एसेसरिज ट्रेन्ड

एसेसरिजमा गरिने नयाँ प्रयोगले स्टाइलमा महत्वपूर्ण फरक अनुभव गराउँछ । अत: एसेसरिज ट्रेन्डका बारेमा जानकारी हुनुपर्छ ।

एसेसरिजमा गरिने नयाँ प्रयोगले स्टाइलमा महत्वपूर्ण फरक अनुभव गराउँछ । अत: एसेसरिज ट्रेन्डका बारेमा जानकारी हुनुपर्छ । 

–सिंगल इयररिङ्सको स्थान इयर अर्नामेन्टले लिएको पाइन्छ । चाहे कलर होस्, सेप वा लेन्थ, सबैमा अनियमितता नै यो वर्षको ट्रेन्ड हो अर्थात् दुवै कानमा अलग–अलग कलर वा सेप र लेन्थको इयरिङ्स लगाउन सकिन्छ । यसलाई अनब्यालेन्स्ड लुक भनिन्छ ।

–मेटलमा ब्रास एसेसरिज धेरैको रोजाइ हुनसक्छ । 

–नेकलेसले चोकर्सलाई पूर्णरूपमा प्रतिस्थापन गरेको छ । हेभी मेटल्स र जेम्समा चोकर्सको प्रयोग बढ्दो छ । 

–सत्तरीको दशकताकाको चंकी, हिप्पी स्टाइल, नेक पिस, ब्रासलेट्स, बेङ्गल्सका साथै अन्य एसेसरिज पनि फेसनमा छन् । 

–एन्टिक इयररिङ्स पनि लोकप्रिय छ । 

–गोल्ड, साइनी, स्टेटमेन्ट पेडेन्ट्सको ट्रेन्ड पनि उत्तिकै छ । 

–चाहे इयरिङ्स होस्, नेकलेस वा फिंगर रिङ्स कलरफुल, रोमान्टिक एसेसरिज आकर्षक देखिन्छ । 

–ट्युब नेकलेस पनि हट ट्रेन्ड हो । ग्लासदेखि मेटलसम्म र जाली शैलीको ट्युब नेकलेसलाई हाइ नेक वा लो नेकका साथमा पेयर गर्नुपर्छ । यसलाई मिड नेकका साथमा पेयर गर्नु ठीक हुँदैन । 

–ब्रेस्ट प्लेट नेकलेस अर्थात् ठूलो मेटल प्लेट भएको नेकलेस पनि ट्रेन्डमा छ । यसले बोल्ड लुक प्रदान गर्छ । 

–ह्यान्ड ब्याग्समा फ्लोरल आर्ट वर्क, इम्ब्रोइडरी वा ठूलो खालको लेदर प्याचवर्क देखा पर्छ । 

–मेसेन्जर ब्याग्स पनि अहिले चल्तीमा छ अर्थात् क्रस बडी ब्याग्सको साइज ठूलो भएको छ । 

–टप ह्यान्डल ब्याग्सका साथमा अझ बढी स्टाइलिस बन्न सकिन्छ । सोल्डर स्ट्रेप्सविनाको टप ह्यान्डल ब्याग्स पनि लोकप्रिय छ । 

–ब्याग्समा फ्रिन्जेस् पनि मन पराइन्छ । विशेष गरी फेब्रिक फ्रिन्ज ब्याग्सले स्टाइलमा फन एलिमेन्ट बढाउँछ ।

–फुटवेयरमा ग्लाडिएटर्सको प्रयोग बढेको छ ।

–पातलो लेसेसको क्रिस क्रस स्टाइलले फरक लुक प्रदान गर्छ । 

–बुटमा राउन्ड सेपको साटो अगाडिदेखि हल्का चौकोर सेपले लुकलाई पूर्णता प्रदान गर्छ । यसलाई स्किनी जिन्सका साथमा सफ्ट पहिरनसित मिलाएर लगाउन सकिन्छ । 

–फ्लिपफ्लपलाई फेसनेबल बनाउन स्टाइलिस लेसका साथ क्युट लुक प्राप्त गर्न प्रयोग गर्न सकिन्छ । 

–अहिले रेट्रो सेपको ओवल सनग्लासको ट्रेन्ड छ ।

–पातलो डेलिकेट बेल्ट्स र हार्नेस बेल्ट्सले लुकलाई अझ बढी स्टाइलिस बनाउँछ । 

–फिंगर रिङ्स समुद्री शैलीजस्तै शंख वा कोरल बढी देखिन्छ ।

–मल्टिपल इयर रिङ्स पनि आकर्षक हुन्छ । 

–ओवर साइज्ड घडी, विशेष गरी चौडा स्ट्रेप कोलेटेस्ट गेजेट रिस्ट वाच र ह्यान्ड गेयर्स चल्तीमा छ । 

– गहनामा क्रिचर्स अर्थात् जनावर तथा अन्य जीवजन्तुका आकार पनि लोकप्रिय छन् ।

 

 Image