जाडोमा न्याना पहिरन
वातावरणीय तापक्रम घटेसँगै शरीरलाई न्यानोपन प्रदान गर्ने ‘फेसन स्टाइल’ मा आकर्षण बढ्नु स्वाभाविक हो । आफ्नो व्यक्तित्वलाई आकर्षक रूपमा प्रस्तुत गर्न चाहनेहरूका लागि ‘विन्टर फेसन एसेसरिज’ ले यसमा थुप्रै विकल्प प्रदान गर्न सक्छ ।

चार दिनसम्म चलेको टिजीआईएफ फेसन विक शनिवार सम्पन्न भयो । फेसन शोमा अहिले चलेका विभिन्न ट्रेण्डी पहिरन साथमा ब्राइडल वेयरको गज्जवले प्रदर्शन गरिएको थियो । सांस्कृतिक सम्पदा झल्किने तथा आधुनिक ट्रेण्ड दुवै प्रकारका पहिरनहरु शोमा प्रस्तुत गरियो । विभिन्न सिक्वन्समा शो स्टारका रुपमा अभिनेत्रीहरु, संञ्चिता लुइटेल ऋचा शर्मा, माला लिम्बु, झर्ना थापा, पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ, पूर्व मिस नेपाल अर्थ सोनी राजभण्डारी लगायतले प्रस्तुति दिन भ्याएका थिए । यसैगरी, फेसन शोमा थुप्रै डिजाइनरहरुका सिप तथा कलामा तयार पारिएका पहिरनहरुको भव्य रुपमा प्रदर्शन भयो ।
तस्विरहरु: महेश प्रधान