Successfully Copied

प्रेम हिनाको निसा कलर पर्फेक्ट हेयर क्रिम बजारमा

भारतको लिडिङ उपभोग्य सामग्री उत्पादक कम्पनी प्रेम हिना प्रालीले नया हेयर कलर निसा कलर पर्फेक्ट बजारमा ल्याएको छ ।

भारतको लिडिङ उपभोग्य सामग्री उत्पादक कम्पनी प्रेम हिना प्रालीले नया हेयर कलर निसा कलर पर्फेक्ट बजारमा ल्याएको छ । यसले प्रयोगकर्तालाई आफ्नो घरमै कपाल रंग्याउन सजिलो बनाउँछ । त्यसमा पनि यसले ३० मिनटमै काम गर्छ । यो अरुभन्दा फरक खालको कपाल रंग्याउने क्रिम हो । यसलाई प्रयोग गर्न निकै सजिलो छ । यसमा सूर्यमुखी, एभोकाडो र हिना (मेहेन्दी) को समिश्रण छ, जसले कपाललाई प्राकृतिक चमक दिन्छ । साथै नरम र सिल्की बनाउँछ । 

अहिलको जमानामा उपभोक्ता गुणस्तर, समय र पैसामा सम्झौता नगरी आफ्नो समस्याको समाधान चाहन्छन् ।  प्रयोग गर्न सजिलो, साधारण र कुनै झन्झट बिना निशा हेयर कलर पर्फेक्ट क्रिमले घरमै, छोटो समयमा तपाईंको लुक बदलिदिन्छ । निशा हेयर कलर ८ रंगमा उपलब्ध छन । यसले लामो समय काम गर्छ । सतप्रतिशत कपाल एकै पटक रंग्याएर प्राकृतिक र सम्बृद्ध बनाउँछ ।   

यसको मूल्यसमेत अविश्वसनीय छ । स्यासेमा उपलब्ध हुने एक पटक प्रयोग गर्न मिल्ने हरेक रंगको प्याकको मूल्य ३० रुपैया मात्रै छ । 

 Image