‘कासा’ को फेसन गाला
नेपाली ब्रान्ड ‘कासा’ ले ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा १४ जना सेलिब्रेटीसहित ‘मिस नेपाल वर्ल्ड’, ‘मिस युनिभर्स नेपाल’ लगायतले क्याट वाक गरेका थिए ।
सुशीला चूडाल
दसैं सुरु हुनुभन्दा महिना दिनअघिदेखि नै केशको स्याहार गर्नु आवश्यक हुन्छ । केश ट्रिटमेन्ट गर्दा सुरुमा फिस ओइलले मसाज गराउनुपर्छ जसले गर्दा केशमा चमक आउँछ । फिस ओयल छैन भने बदाम तथा ओखरको पेस्ट हप्ताको एकपटक लगाउन सकिन्छ । यसले केशमा चमक ल्याउनुका साथै केश झर्ने समस्याबाट पनि जोगाउँछ । हिजोआज बढी केमिकलको प्रयोग तथा सहरी प्रदूषण एवं मानसिक तनावका कारण उमेर नपुग्दै केश फुल्ने समस्या देखा पर्छ । यसरी केश फुल्ने समस्याले सुन्दर अनुहारलाई समेत कुरूप बनाउँछ । अमलालाई स–साना टुक्रा बनाई काट्ने र घाममा सुकाउने । सुकेको अमलालाई नरिवल र बदामको तेलमा लेदो हुन्जेल उमाल्ने । पछि यो कालो तेलमा परिणत हुन्छ । यो तेल बिहान–बेलुका केशको जरामा लगाउँदा केश कालो भएर आउँछ र बिस्तारै फुल्नसमेत छाड्छ ।