Successfully Copied

यो सिजनको समर स्टाइल

कामकाजी महिला भन्नासाथ घरबाहिर गएर काम गर्ने भन्ने बुझिन्छ । आकर्षक र स्मार्ट देखिने चाहना सबै कामकाजी महिलामा हुन्छ ।

कामकाजी महिलाका लागि  

कामकाजी महिला भन्नासाथ घरबाहिर गएर काम गर्ने भन्ने बुझिन्छ । आकर्षक र स्मार्ट देखिने चाहना सबै कामकाजी महिलामा हुन्छ । अहिलेका कामकाजी महिलाहरू साडी, कुर्ता त्यति रुचाउँदैनन् । २०७२ सालको गर्मी महिनाका लागि कटन फेबि्रकमा डिजाइनर टप्सहरू, माथिल्लो भागमा कलरफुल पि्रन्ट र मुनिको भागमा कन्ट्रास्ट वा सोही कलरका सादा फेबि्रक प्रयोग हुनेछन् । एंकलसम्मको चुज तथा स्ट्रेट पाइन्टमा आफ्नो फिगरअनुसार हिप छोप्ने वा हिप माथिसम्मको फ्रिल सर्ट वा टप्सहरूका साथै समर कलरका पाइन्ट तथा टप्स पनि लोकपि्रय हुनेछन् । कामकाजी महिलाहरूले कटनको ह्वाइट स्ट्रेट सुरुवालमा लामो कुर्ती, एंकल लेन्थको पाइन्टमा लङ सिल्कको कुर्ती लगाउँदा स्लिम र अग्लो देखिन्छ । पाइन्ट लगाउन नरुचाउने कामकाजीहरूले सलबिनाको अलादिन सुरुवालमा घुँडासम्मको बो नेक, चाइनिज नेक वा चोली लगाउन सक्छन् । गर्मी महिना भएकाले लाइट कलरहरू बढी प्रयोग हुनेछन् । ह्वाइट, ब्लु, पिंक, एल्लो तथा पर्पल यसपटकका समर कलर रहनेछन् । कामकाजीहरूको सजिलोका लागि घुँडामुनिसम्म आउने नेटका वान पिस, सिफनका फ्रिल वान पिसहरू तथा घुँडासम्मको स्कर्टमा कलरफुल सर्टहरूको बजार पनि बढ्ने देखिन्छ ।

मञ्जु बञ्जारा, ड्रिम वेयर

ब्राइडल वेयरका लागि

अहिले ब्राइडल वेयरमा रातै चाहिन्छ भन्ने मान्यता राख्ने दुलहीहरू कमै छन् । त्यसैले पनि बजारमा पिंक, ब्लु, ओरेन्ज मिक्स गरेर हट कलरमा तथा गोल्डेन, ब्राइट मरुन आदि रंगका ब्राइडल वेयरहरू भित्रिएका छन् । बोट नेक, महारानी हाइनेक, जर्दोजीका साथै ब्राइडल वेयरका लागि यसपटक जाकाज, टेक्सर ब्रोकेट, भेल्भेटका फेबि्रकहरू फेसनमा आएका छन् । भेल्भेटमा पनि फरक टेक्सर आइरहेको छ । भेल्भेट रिच देखिने हुँदा ब्राइडलहरूको पहिलो च्वाइसमा पर्छ । नेट, जर्जेट र सिफन पनि ब्राइडल वेयरमा नयाँ वर्कका साथमा आएको छ । सिफन र जर्जेटमा मोडिफाइ गरिएको, कट वर्क सिफन, ब्रोकेट, टेक्सर ब्रोकेट, चन्डरे सिल्क, नेटमा पनि सेल्फ वर्क भएका फेबि्रकहरूका साथमा जर्जेट यो वर्षको फेसनमा छ । वार्म र कुलको कन्ट्रास्टमा पनि पहिरनहरू बन्दैछन् । परम्परागतलाई इन्डोवेस्ट टच दिइएको ग्ल्यामरस लुक्स नै २०७२ को ब्राइडल पहिरनको विशेषता हो । २०७२ मा नेट फेबि्रक पनि पहिले झैं फेसनमै रहनेछ । लेहेंगामा हेभी वर्कका लागि नेट बढी प्रयोग हुनसक्छ । आगामी वर्ष सेल्फ इम्ब्रोइडरी भएका फेबि्रकले बजार तताउने देखिन्छ । यसपटक इन्डियन लुक्सलाई मोडिफाइ गरी नेपाली ढाका तथा मखमल प्रयोग गरेर पनि ब्राइडल वेयरहरू तयार गरिँदैछन् । इन्डियन बोर्डरका ठाउँमा नेपाली ढाका र मखमललाई मिलाएर न्यू लुक दिन सकिन्छ । साडी र लेहेंगा दुवैमा यसको प्रयोग गरेर आकर्षक ब्राइडल वेयर तयार गर्न सकिन्छ ।

क्षितिजा शाक्य, क्षितिजा क्रियसन

टिनएजरहरूका लागि

यसपटक टिनएजरहरूका लागि लङ स्कर्टमा धेरै स्टाइल उपलब्ध छन् । लङ ग्यादर स्कर्ट, लङ स्कर्टमा माथि बोनेकमा क्याप स्लिभ, क्याप स्लिभमै चाइनिज कलर राखेर अगाडिको भागमा स-साना टाँक भएका स्कर्ट बढी प्रयोग हुन सक्छन् । त्यस्तै लामो वान पिसमा माथिल्लो भाग फ्लोरल, जोमेटि्रक तथा डिजिटल पि्रन्ट आदि राखेर तलको स्कर्टमा मज्जाले फेयर राखिएका वान पिसहरू पनि टिनएजरहरूमाझ लोकपि्रय हुने देखिन्छ । वान पिसबाहेक लङ स्ट्रेट हाई स्लिभ कुर्ता विथ चुज पाइन्ट पनि मन पराइनेछ जसको पाइन्ट भने एंकलसम्मको मात्र हुनेछ । यो उमेरका युवतीहरू कुर्ता लगाए पनि सलको झन्झट भने रुचाउँदैनन् ।

त्यसैले सुरुवाल, चुडीदार कुर्तामा चाइनिज कलर राखेर तलको दुई साइडमै इम्ब्रोइडरी गरिएको कुर्ता पनि यो वर्ष चल्ने देखिन्छ । चुज पाइन्ट र चुडीदार दुवैका लागि मिल्ने गरी अफ सोल्जर डिजाइनको कुर्ता लोकपि्रय हुनेछ । त्यस्तै पार्टीका लागि लेहेंगा लगाउन रुचाउनेहरूले सिसा वर्क भएको ज्याकेटसहितको लेहेंगा लगाउनेछन् । लेहेंगाबाहेक यो ज्याकेट स्ट्र्ेट पाइन्टमा पनि लगाउन सकिन्छ । लेहेंगामा बोर्डरको साटो फ्रिल प्रयोग हुनेछ । सेल्फ पि्रन्ट भएको नेटमा बोनेक भिसेप गरेर अगाडि मेटलको जिपर राख्ने र तलको स्कर्ट ग्याडर वा २ सेडको लङ स्कर्ट जुन लगाउँदा स्टाइलिस्ट र आकर्षक देखिन सकिन्छ । यो उमेरका लागि अफ ह्वाइट, रेड, ग्रीन, पर्पल, रानी, पिच तथा क्रिम कलर यो वर्षका कलर हुन् । यसपटक पनि जर्जेट, सिफन, लाइक्रा र नेट फेबि्रककै पहिरनले बजारमा तताउनेछन् ।

सविना महर्जन अवाले लाइक्रा बुटिक

 Image