मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
गत वर्ष ‘फूलबुट्टे सारी’ को कभर भर्सन गीत गाएर युगान्डेली गायिका बियोन्से चर्चामा आइन् । धेरै वटा भर्सनमा आएको यो गीत उनले गाएसँगै त्यसले थप चर्चा बटुल्यो । कभर भर्सन गाएर नेपालीमाझ परिचित उनले अर्को नेपाली गीत पनि गाएकी छन् । उनले संगीतकार तथा गीतकार राजनराज शिवाकोटीसँग ‘ल्यासे पाउँ’ बोलको गीत गाएकी छन् । मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा राजनराजकै संगीत छ । गीतको भिडियोमा राजनराज र बियोन्सेले नै अभिनय गरेका छन् ।