बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।

गत वर्ष ‘फूलबुट्टे सारी’ को कभर भर्सन गीत गाएर युगान्डेली गायिका बियोन्से चर्चामा आइन् । धेरै वटा भर्सनमा आएको यो गीत उनले गाएसँगै त्यसले थप चर्चा बटुल्यो । कभर भर्सन गाएर नेपालीमाझ परिचित उनले अर्को नेपाली गीत पनि गाएकी छन् । उनले संगीतकार तथा गीतकार राजनराज शिवाकोटीसँग ‘ल्यासे पाउँ’ बोलको गीत गाएकी छन् । मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा राजनराजकै संगीत छ । गीतको भिडियोमा राजनराज र बियोन्सेले नै अभिनय गरेका छन् ।