आरबोन्नीलाई ‘मिस युनिभर्स’
अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।
अहिले के गर्दै हुनुहुन्छ ?
प्रसाद चलचित्रको सिक्वेल बन्न लागेको छ । त्यसको तयारीमा व्यस्त छु ।
बाल्यकाल कसरी बिताउनुभयो ?
मेरो बाल्यकाल मोरङको बाहुनीमा सामान्य तरिकाले नै बित्यो । म सानैदेखि छुच्चो र चकचके स्वभावको थिएँ । अहिले सम्झदा रमाइलो लाग्छ ।
अभिनय मोह कसरी सुरु भयो ?
ब्याचलरको पढाइपछि फुर्सदको समयमा नाटक सिक्न थालें । साथीभाइको देखेर नै नाटक सिक्न थालेको हुँ । नाटक सिकेपछि म सडक नाटक हुँदै थिएटरमा प्रवेश गरें । थिएटरपछि चलचित्रमा अभिनय गर्न थालेको हुँ ।
पहिलो नाटक र चलचित्र कुन थियो ?
पहिलोपटक ०६३ मा थिएटरमा ‘ताराबाजी लैलै’ नाटक गरेको थिएँ । मेरो पहिलो चलचित्र भने ०६५ को ‘आचार्य’ हो ।
नाटक र चलचित्रमा अभिनय गर्न कुन सजिलो ?
चलचित्र र नाटक फरक विधा हुन् । दुवैमा अभिनय गर्न कठिन हुन्छ । यी दुईबीच तुलना गर्न मिल्दैन ।