चलचित्रमा नारी कति सशक्त ?
पछिल्लो समय महिलालाई चलचित्रमा ‘बोल्ड’ बनाउन खोज्नु र मौलिक चलचित्र निर्माण गर्ने होडबाजी नै चलेको छ । यसले निर्देशक र निर्माताहरूले पनि गाउँका कथावस्तु खोज्न थालेका छन् ।

अभिनेतृ केकी अधिकारीले चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले ‘बोक्सीको घर’ नाटकलाई फिल्ममा उतार्ने बताएकी छिन् । सुलक्षण भारतीको लेखनमा निर्माण भएको नाटकको फिल्मी भर्सनमा केकीको अभिनय मुख्य भूमिकामा हुनेछ । केकीसँगै अभिनेता गौरव पहाडी चलचित्रमा देखिनेछन् । उक्त नाटक चार वर्षअघि मण्डला थिएटरमा मञ्चन गरिएको थियो । केकी अधिकारी फिल्मसले निर्माण गर्ने यो चलचित्रमा सुलक्षण र सुब्रतराज आचार्यको निर्देशन रहने छ ।