शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।
रेखा थापा, नायिका
आफ्नो अस्तित्व, पहिचान बोकेर सम्मानका साथ बाँच्न पाउनु प्रत्येक महिलाको अधिकार हो । अब हामी ‘पुरुषले मान्छे मानिदिए हुन्थ्यो’ भनेर भीख माग्ने होइन, आफैं मान्छे भएर बाँच्ने हो । नेपालमा महिलालाई अघि बढाउन चलचित्र क्षेत्रको ठूलो भूमिका छ ।
चलचित्रको माध्यमबाट आममहिलामा चेतना भर्दै जागरण ल्याउन सक्छौं । चलचित्रलाई सेलिब्रेटी हुने माध्यम मात्रै होइन, समाज रूपान्तरण गर्ने साधनका रूपमा प्रयोग गर्नुपर्छ । यसका लागि चलचित्र क्षेत्रमा आबद्ध महिलाले बढी भूमिका निर्वाह गर्नुपर्छ ।
अभिनेत्री रेखा थापाले महिलाका बारेमा राख्नु भएको विचारको डिजिटल भर्सन :