म्युजिक एक थेरापी
सोना अमात्य व्यवसायीका रूपमा परिचित छिन् । मार्केटिङ एजेन्सी सञ्चालन गरिरहेकी उनी गायन क्षेत्रमा पनि सक्रिय छिन् । हालै उनको र्याप गीत ‘आइएम सुपर स्टार’ सार्वजनिक भएको छ ।
सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । प्रतियोगिताको ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । उपाध्यायले अब मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
मिस्टर ट्यालेन्ट तथा फोटोजेनिकको उपाधिसमेत जितेका उपाध्यायले मिस्टर नेपालको उपाधिसहित मोटरसाइकल र नगद २५ हजार रुपैयाँ पाएका छन् ।
अछाम ओली गाउँका सन्तोष पेसाले चिकित्सक हुन् । एक्सपोज नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा दिलराज न्यौपानेले फस्ट रनर्सअप तथा विमल पाण्डेले सेकेन्ड रनर्सअपको उपाधि जिते भने प्रिन्स अभी तथा अभिनाष चौधरीले क्रमश: थर्ड रनर्सअप तथा चोर्थ रनर्सअपमा चित्त बुझाए ।
प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरान आदि स्थानका युवाहरूले भाग लिएका थिए ।