Successfully Copied

खानाका पारखी गायिकाहरू

पहिले दसैं–तिहारजस्ता पर्वलाई मीठो खानाकै लागि कुर्नेहरू पनि धेरै छन् तर अहिले खानाका लागि पर्व कुर्ने समय छैन । मन छ भने आफूले चाहेको परिकार जहाँ पनि खान सकिने अवस्था छ ।  

पहिले दसैं–तिहारजस्ता पर्वलाई मीठो खानाकै लागि कुर्नेहरू पनि धेरै छन् तर अहिले खानाका लागि पर्व कुर्ने समय छैन । मन छ भने आफूले चाहेको परिकार जहाँ पनि खान सकिने अवस्था छ ।  

मानिसको आधारभूत आवश्यकतामा पर्ने खानाका सौखिन धेरै छन् । पहिले दसैं–तिहारजस्ता पर्वलाई मीठो खानाकै लागि कुर्नेहरू पनि धेरै छन् तर अहिले खानाका लागि पर्व कुर्ने समय छैन । मन छ भने आफूले चाहेको परिकार जहाँ पनि खान सकिने अवस्था छ । हरेक व्यक्तिको स्वाद फरक–फरक हुन्छ । त्यसमा पनि सेलिब्रेटीहरूले आमव्यक्तिको तुलनामा भिन्न–भिन्न स्थानमा भिन्न–भिन्न स्वाद चाखिरहेका हुन्छन् ।

गायिका इतु जोशी पोखरामा बसोबास गर्छिन् । उनी खानाप्रेमी गायिकाका रूपमा परिचित छिन् । बंगाली तथा नेवार समुदायकी इतु माइतीमा हुँदा पनि बंगाली खाना स्वाद मानेर खान्थिन् । विवाह गरेर नेवार परिवारमा आएपछि उनलाई नेवारी परिकारले अझ बढी तानेको छ । छ्वेला, बारा, योमरी आदि परिकारले उनको मन जितेका छन् । खानमा निकै सौखिन भएरै होला उनलाई नेवारी तथा बंगाली परिकार पकाउन पनि आँउछ । त्यसमा पनि नेवारी छ्वेला र बंगाली मुगाली पराँठा उनलाई मनपर्ने परिकार हुन् । होटलमा गाउने हुँदा इतु धेरैजसो बाहिर नै खान्छिन् । उनलाई होटल अन्नपूर्णको घर ए कबाब र पोखराको इब्लुज् रेस्टुरेन्टका परिकार मीठा लाग्छन् । हरेक ठाउँको खाना फरक–फरक हुने हुँदा नयाँ ठाउँमा नयाँ परिकार देख्दा अचम्म लाग्छ तर खाएपछि त्यही स्वाद मनपर्ने उनको अनुभव छ । उनी आफूलाई स्वादकी पारखी भन्न रुचाउँछिन् । 

भिजे तथा गायिका योजना पुरीलाई विभिन्न प्रकारका खानेकुरा टेस्ट गर्न मन लाग्छ तर उनी धेरै खान चाहिँ सक्दिनन् । उनलाई समयअनुसार स्वादमा पनि फरक–फरक रुचि जागृत भैरहन्छ । पहिले–पहिले स्पाइसी मन पथ्र्यो भने अहिले हेल्थ र फिगरलाई राम्रो हुने हेल्दी खाना बढी खान्छिन् । पुरीलाई सबैथोक पकाउन आउँछ । उनी युट्युब हेरेर पनि नयाँ–नयाँ परिकार प्रयोग गरिरहन्छिन् । उनले कसौंडीमा पकाएको खसीको मासु सबैलाई मनपर्ने परिकार हो । सबै खाना स्वाद मानेर खाने योजनालाई मुख्यत : मसरुम र फिस बढी मनपर्छ । घरकै ताजा खाना रुचाउने पुरी हरेक पटक रेस्टुरेन्ट जाँदा फरक टेस्ट उपलब्ध हुने रेस्टुरेन्ट जान रुचाउँछिन् । उनलाई थाइ चिकेन विथ मसरुम पनि निकै मीठो लागेको थियो । विभिन्न देशका मानिसले विभिन्न खानेकुरा खाएको देख्दा उनलाई रमाइलो लाग्छ । 

गायिका माण्डवी त्रिपाठीलाई खानामा भने सारै रुचि छ तर पकाउन भने त्यति रुचि छैन । त्रिपाठी घरमा साधारण दाल, भात, तरकारी पकाउँछिन् । विवाहअघि त त्यो पनि राम्रोसँग आउँदैनथ्यो । उनी अहिले स्वादको पारखी हुँदैछिन् । विदेशमा कार्यक्रम लिएर जाँदा १–२ दिन त्यहाँको स्वादमा खानै नसक्ने अनुभव बोकेकी माण्डवीलाई नेपाली स्वाद नै बढी मनपर्छ । ट्वाक्कटुक्क र स्पाइसी परिकार खान विभिन्न रेस्टुरेन्ट जाने माण्डवीलाई नेवारी परिकार सफु म्हिचा देखेर अचम्म लागेको अनुभव छ । त्रिपाठी भन्छिन्–हामी नेपाली स्वादको मामिलामा अरू देशको तुलनामा निकै धनी छौं । 

गायिका आगन्तुक खरेल शाकाहारी हुन् । उनलाई मासुबाहेक सबै परिकार मीठो लाग्छ । भेजिटेरियन भएर पनि होला अझ नयाँ–नयाँ खाना बनाउन उनलाई जाँगर चल्छ । पनिर, तोफु, मसरुम आदिका भिन्न–भिन्न परिकार युट्युब हेरेर पकाउन माहिर खरेललाई सेल रोटीदेखि प्राय: सबैजसो परिकार बनाउन आउँछ । अहिले स्वादभन्दा स्वास्थ्यलाई मध्यनजर गरेर परिकार बनाउँछिन् । आफूले खानुभन्दा अरूलाई ख्वाउन बढी रुचाउने आगन्तुकलाई रेस्टुरेन्टमा चीजका परिकारहरू खान मन लाग्छ ।

गायिका प्राश्ना शाक्य पनि स्वादकी पारखी हुन् । उनलाई नेपाली दाल, भात, तरकारी नै बढी मनपर्छ । उनलाई चिकेन चिल्ली, आलु दम आदि परिकार मनपर्छ । नेवारी भोज खान रुचाउने प्राश्नालाई पाउँक्वा, मिक्वा आदि परिकार पनि मनपर्छ । उनलाई पिज्जाकिंग, क्वालिटी क्याफे तथा ओरिगानो रेस्टुरेन्टका परिकार बढी मन पर्छन् । त्यसमा पनि चटपटे स्वादले उनलाई बढी तान्छ । बैंककमा समुद्रमा पाइने एउटा कीरा खाँदाको क्षण उनका लागि अविस्मरणीय छ ।

अनिजा कार्कीमा पनि नयाँ–नयाँ खाना चाख्ने रुचि छ । त्यसमा पनि बढी हाँसको छ्वेला, चिकेन छ्वेला, खसीको पोलेको मासु बढी मनपर्छ । अजिना मासुका परिकार पनि सारै मीठो पकाउँछिन् । उनलाई नेवारी परिकार योमरी देख्दा र खाँदा सारै अचम्म लागेको थियो ।  

 Image