कस्तो हेयर स्टाइल मनपर्छ ?
हेयर स्टाइलतिर मैले कहिल्यै ध्यान दिएको छैन । चलचित्रमा क्यारेक्टरअनुसार स्टाइल दिइन्छ । अरू समयमा म सामान्य रूपमै हिँड्न रुचाउँछु ।
ड्रेसअपमा त पक्कै रुचि होला नि ?
यस्तै चाहिन्छ भन्ने छैन । सुटिङमा दिनमै ३–४ थरीका पहिरन लगाउनुपर्ने हुन्छ । त्यसैले अरू बेला यस्तो लगाउनुपर्छ भन्ने लाग्दैन । आफूलाई जेकम्फर्टेबल हुन्छ, त्यही लगाउँछु । समय, मौसम एवं स्थानले पनि कस्तो पहिरन लगाउने भन्ने कुरा निर्धारण गर्छ ।
आफूलाई कसरी फिट राख्नु हुन्छ ?
म अलि दुब्लो छु । माछा–मासु खाँदिन, ड्रिङ्स गर्दिन । त्यसैले मलाई कुनै शारीरिक समस्या छैन । आफ्नो उमेरअनुसार फिट रहन जिम जाने गरेको छु ।
कस्ता युवती मन पर्छन् ?
बोल्दा नडराउने अर्थात् कन्फिडेन्ट्ली बोल्न सक्नेहरू । म जोसँग बोल्दा पनि आँखामा हेरेर बोल्न रुचाउँछु । सिधै भन्नुपर्दा मलाई युवतीहरूको आँखा मनपर्छ ।
बढी रुचि केमा छ ?
चलचित्र हेर्न मन लाग्छ । फुर्सद हुँदा म दिनमा ४–५ वटासम्म चलचित्र हेर्छु । अर्काे रुचि नयाँ–नयाँ ठाउँ घुम्ने हो ।