‘मिस ग्रान्ड नेपाल’ भदौमा
सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल–२०२४’ आगामी भदौमा आयोजना हुने भएको छ । विजेताले ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिन पाउनेछन् ।
अभिनेत्री रेखा थापाको चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गर्ने भएकी छिन् । रेखा फिल्मस्को छैटौँ चलचित्र निर्देशकका रुपमा शुक्रबार उनलाई अनुबन्धन गरिएको हो । रेनशाको जन्मदिनको उपहार स्वरुप रेखाले रेनशालाई निर्देशकको जिम्मेवारी दिएकी हुन् ।
रेनशाले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । रेखाले आफ्नो चलचित्रको दसैं पछि छायांकन सुरु हुने बताएकी छिन् । अभिमन्यू निरवीले तयार पारेको कथामा निर्माण हुने चलचित्रको नाम भने पक्का गरिएको छैन् ।
अभिनेत्री रेखाले स्त्रिप्टको काम पूरा भएपछि नाम नाम जुराइने बताएकी छिन् । चलचित्रमा नयाँदेखि पुरानासम्म चलेका कलाकारले अभिनय गर्ने भनिएपनि रेखा अफैंले चाहिँ अभिनय गर्ने नगर्ने भन्ने बारे खुलाएकी छैनन् ।