सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
दुई सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका पुष्प खड्काले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेका थिए । निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र दर्पण छायाँ–२ को मुख्य भूमिका निर्वाह गरे पनि ती दुवै चलचित्रबाट उनको कुनै परिचय स्थापित हुन सकेन ।
पुष्पलाई चलचित्रमा सफल हुनु थियो, उनले हार खाएनन्, चलचित्र मंगलम्मा उनले प्यारालाइसिस भएका युवकको भूमिका निर्वाह गरेका थिए जसमा उनको अभिनयको चौतर्फी प्रशंसा भयो । करिअरको टर्निङ प्वाइन्ट बनेर आएको ‘मंगलम्’ पछि उनले आफ्नो करिअरमा पछाडि फर्किएर हेर्नुपरेको छैन । महको दाल भात तरकारीमा उनको प्रमुख भूमिका रह्यो ।