शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।

करिब ६ महिना लामो विश्रामपछि अभिनेत्री श्वेता खड्काले अभिनयमा पुनरागमन गर्ने निर्णय गरेकी छिन् । करिब चार वर्ष चलचित्रबाट टाढा रहेकी श्वेताले आफ्नै लगानीको चलचित्र कान्छीमार्फत पुनरागमन गरेकी थिइन् ।
उक्त चलचित्र प्रदर्शन भएको झण्डै छ महिनापछि श्वेताले होम प्रोडक्सनभन्दा बाहिरको एउटा चलचित्रमा अभिनय गर्ने सम्झौता गरेकी हुन् । चलचित्र भैरेका निर्देशक एभरेस्ट सूर्य बोहोराको चलचित्र ‘हेल्लो जिन्दगी’ मार्फत श्वेताले अभिनयलाई निरन्तरता दिने निर्णय गरेकी हुन् ।
सिर्जना जोशीले निर्माण गर्ने उक्त चलचित्रमा यसअघि अदिती बुढाथोकीले अभिनय गर्ने चर्चा थियो । चलचित्र हेल्लो जिन्दगीमा अनुबन्धित भएपछि श्वेताले फेसबुकमा एउटा स्टाटस लेख्दै सम्झौता पत्रमा हस्ताक्षर गरेको दिनलाई खुसीको पल र एकदमै स्पेशल दिन भनेकी छिन् ।