कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेरि शुरु हुने भएको छ । लामो अन्तरालपछि शुरु हुन थालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी नेपालयले गराएको छ । सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश सर्जकहरू प्रस्तुत भइसकेका छन् ।
पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ । आग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यस पाली भने महिनाको अन्तिम सप्तान्त– शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको नेपालयले जानकारी गराएको छ ।
‘लामै ग्यापपछि पलेँटी थालिँदै छ । साँच्चै भन्दा जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी शुरु गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन् । यही क्रममा पलेँटी सांगीतीक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो । त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुन: शुरु गर्न लागेका हौं,’ पलोटी संयोजक आभासले भने ।
आउँदो शुक्रबार शुरु हुने यसपालीको पलेँटी महिला गायनमा आधारित हुने भएको छ । त्यसैले यो पलेँटी नेपाली आधुनिक संगीतमा महिला कलाकारको योगदानमा केन्द्रित हुनेछ । कार्यक्रममा नेपाली आधुनिक संगीतमा महिला कलाकारहरूको विगत र वर्तमानको चर्चा गर्दै गीत प्रस्तुत गरिनेछ ।
नेपाली समाजको चालचलनले गर्दा महिला कलाकारहरूको सक्रिय कलाकारिताको अवधि त्यति लामो रहँदैन त्यसैले पनि पारिवारिक जिम्मेवारी पूरा गर्दै उनीहरूले गरेको सांगीतिक र साास्कृतिक योगदानलाई झन् महत्वकासाथ हेर्नु पर्छ र तिनलाई निरन्तर कदर गरिरहनु पर्छ,’ महिला विशेष पलेँटीका बारे आभासको टिप्पणी थियो ।
यसपालीको विशेष कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झानेछिन् । साथै कार्यक्रमलाई शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतका विद्यार्थी एवं संगीतकर्मी आभासले यस कार्यक्रमसँग मिल्दा संदर्भलाई संक्षिप्त वाचन गर्ने छन् । मीना निरौला सन् २००७ देखि पलेँटीमा प्रस्तुत भएका अग्रज गीतकार, संगीतकारसँग आफ्नो गायन प्रस्तुत गर्दै आएकी पलोटीसँग सम्बन्धित गायिका हुन् ।
उनले यसपाली प्रथम नेपाली रेकर्डेड गायिका मेलवादेवीदेखि त्यसपछिका र पछिल्लो समयका गायिकासम्मका प्रतिनिधि रचनाहरूलाई स्वर दिनेछिन् जसमा नेपाल र नेपाल बाहिरका गायिकाका नेपाली रचना समावेस हुनेछन् ।