‘हेरिटेज प्याजेन्ट्स’ मा नेपाली युवालाई सफलता
थाईल्यान्डको राजधानी बैंककमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट्स’ मा नेपाली युवायुवतीलाई विभिन्न विधामा सफलता प्राप्त भएको छ ।
नेपालमै पहिलो पटक सिद्धि मिडियाले आयोजना गरेको नेपाल्स चब्बी मोडलको तेस्रो संस्करण नेपाल्स चब्बी मोडल–२०१९ को फाइनल माघ २२ गते हुँदैछ ।
आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने उदेश्यले आयोजित नेपाल्स चब्बी मोडल फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताएका छन् ।
विभिन्न जिल्ला तथा प्रदेशबाट अडिशन मार्फत छनौट भएका प्रतिस्पर्धीहरूलाई लिएर हुन लागेको यो सौन्दर्य प्रतियोगिता क्षमता भएर पनि पछि परेका अनि आफ्नो मोटोपनका कारण आफूलाई एक्सपोज गर्न डराइरहेका महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।