मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
दक्ष इन्टरनेसनल प्रा.लि.को ब्यानरमा जमलस्थित राष्ट्रिय नाचघरमा अविवाहित युवतीहरुमा केन्द्रित मिस ब्युटीफुल नेपाल तथा विवाहित महिलाहरुमा केन्द्रित मिसेस् ब्युटीफुल नेपाल सम्पन्न भएको छ ।
प्रतियोगितामा चितवनकी सम्पदा अमगाईंले मिस ब्युटीफुल नेपाल २०१९ को ताज पहिरिन सफल भइन् । सम्पदाले मुख्य उपाधि सहित ट्यालेन्ट र फोटोजेनिक विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् ।
मिस तर्फ मनिशा पाण्डे फस्ट रनर अप, रुची पाण्डे सेकेन्ड रनर अप र कुशुम श्रेष्ठ थर्ड रनर अपका रुपमा चयन भएका छन् । गीता शर्माले फेसबुक च्वाइस, भ्युअर्स च्वाइस, वेष्ट एक्टिङको उपाधि सहित मोस्ट पपुलरको ताज पहिरिन सफल भइन् ।
मिसेस् ब्युटीफुल नेपाल २०१९ को उपाधि भने काठमाडौंकी स्मृति पोखरेलले उचालिन् । मिसेस् तर्फ ज्योति पोखरेल फस्ट रनर अप, ओविका बेलवासे सेकेन्ड रनर अप, बसुन्धरा बस्नेत थर्ड रनर अप छनौट । बसुन्धराले वेष्ट स्कीन तथा पपुलर विधाको अवार्ड पनि हात पार्न सफल भइन् ।