प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
दैलेखमा जन्मिएकी गायिका भावना आचार्यले झण्डै एक दर्जन गीत गाईन् । ति एक दर्जन गीतहरुले उनको गायनको संख्या बढाईरहे । तर, नेपाली लोक संगीतमा उनको खासै चर्चा भएन । तर, गत वर्ष उनले ‘बग्ने खोला बगी गो’बोलको गीत गाईन् । यो गीतले उनलाई राम्रै चर्चा दियो । नेपाली सांगीत क्षेत्रमा उनलाई यहि गीतले चिनायो र स्थापित पनि बनायो ।
बग्ने खोलाको सफलतालाई नियालेकी गायिका आचार्यले पुन: बग्ने खोलाको दोस्रो सिरिज लिएर बजारमा आएकी छिन् । बिहिबार मात्रै सार्वजनिक भएको ‘मुलको पानी’बोलको उक्त गीतमा उनलाई नेपाल आईडलको पहिलो सिजनबाट चर्चामा आएका गायक प्रताप दासले गायनमा साथ दिएका छन् ।
गायिका आचार्यको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्यूजिक भिडियोमा पनि अहिलेका चर्चित अभिनेता पल शाहले अभिनय गरेका छन् । आचार्यको गीतको म्यूजिक भिडियोमा पललाई मोडल निशा पुरीले जोडी बनेर साथ दिएकी छिन् ।
देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम निर्देशकलेनै गरेका छन् । भावनाको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिकृया पाएकी गायिका यो गीतलाई लिएर निक्कै उत्साहित देखिन्छिन् ।
मुलको पानीको म्यूजिक भिडियो :