‘कुमारी’ महिलाको अस्तित्व र समाजको दोहोरो चरित्रमाथि प्रश्न हो ।
महिलाको अस्तित्व, हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण र मनोविज्ञानलाई ‘कुमारी’ चलचित्रले बोल्छ । मूलत: यो एउटा महिला पात्रको यात्रालाई केन्द्रमा राखेर बनाइएको फिल्म हो ।
पछिल्लो समय नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक गीत गायनमा मेलिना राईको नाम पहिलो नम्बरमा आउँछ । विभिन्न देश तथा स्वदेशमै हुने विभिन्न खाले मेला महोत्सवमा पनि उनी निक्कै व्यस्त छिन् । यहि व्यस्तताका बीचमा मेलिनाले एउटा कौँडा गीत सार्वजनिक गरेकी छिन् ।
सधै ट्रेन्डिङमा पर्न सफल गायिका राईले पहिलोचोटी पश्चिमेली लोक दोहोरी भाका कौडामा आवाज भरेकी हुन् । पूर्वेली लोक गीत, चलचित्र गीत, आधुनिक गीतमा उनको स्वरले पछिल्लो समय कब्जा जमाएको भए पनि अब भने पश्चिमेली ठेट लोकगीतमा पनि स्वर दिन थालेकी छिन् ।
मेलिना राईले गाएको कौडा गीत ‘गोरखा डाँडा शितलु’मा अविनाश थापा, रजनी मगर र सर्जक तथा गायक गणेश गुरुङको स्वर रहेको छ । गणेश गुरुङले यस गीतमा लय पनि भरेका छन् भने अविनाश थापाले शब्द लेखेका छन् ।
उक्त कौडा गीत गुरुङ जाति र मगर जातिबीचको मायाप्रेममा केन्द्रित रहेको छ । गीतको म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायांकन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङको अभिनय तथा नृत्य रहेको छ ।
कौडा गीतको म्यूजिक भिडियो :