म्युजिक भिडियोमा डा. अनुश्का
डा. अनुश्काले जीवनसाथी स्वस्तिक पोख्रेलसँगै पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरिन् । गायिका गीता पाण्डेको गीत ‘माछी भुल्यो’ मा उनीहरूले प्रेमभाव प्रस्तुत गरेका छन् ।
गायिका देविका बन्दनाले काठमाडौंमा आयोजित एकल गायन कार्यक्रममा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी छिन् । अघिल्लो साता प्रज्ञा प्रतिष्ठानमा आयोजित सांगीतिक कार्यक्रममा गायिका बन्दनाले दुई दर्जन लोकप्रिय गीत प्रस्तुत गरिन् ।
रोटरी क्लब त्रिपुरेश्वरले बालिकाहरूको शिक्षाका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरेको देविका वन्दना एकल साँझमा गायिका बन्दनाले आफ्ना नयाँ तथा पुराना गीतहरू प्रस्तुत गरेकी हुन् । तीन घण्टासम्म सञ्चालन भएको कार्यक्रममा गायिका बन्दनाले यस्तै रहेछ यहाँको चलन, एउटा परदेशी, यो माया के हो, भरे आउँछु सपनीमा, मलाई नेपाली माया मन पर्छ, बस तेरा नाम, जिगु बंैस, अच्छा लेकिन, सुन सुन सनम, तलतल तलतल बेंसीमा मैच्याङ, मन चंगा भोसहितका गीतहरू प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा उनले आफ्ना १५ वटा लोकप्रिय चलचित्रका गीतको मेड्ले पनि प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गायिका बन्दनालाई गायक तथा संगीतकार शम्भुजित बास्कोटा, आनन्द कार्की, नरहरि प्रेमी, राजन इशान, दीक्षित पौडेल, विजेश पौडेल तथा राजेश महर्जनले साथ दिएका थिए । कार्यक्रममा ब्यंग्यकार सन्दीप क्षेत्रीले स्ट्याण्ड अप कमेडीमार्फत दर्शकहरूलाई हँसाएका थिए ।