सञ्चारकर्मी राधिकाको फूल फूल्यो फक्रियो’ सार्वजनिक
सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ।
मिस नेपालमा भाग लिँदासम्म शुभेच्छालाई मोडलिङ तथा चलचित्रमा आउने रहर थिएन । टिभी शो, एमसी, विज्ञापन तथा केही म्युजिक भिडियोमा अभिनय गरेकी शुभेच्छा खड्का अब भने नायिकाका रूपमा डेब्यु गर्दैछिन् । उनले अभिनय गरिरहेको चलचित्र ‘रणवीर’ शिक्षित युवाहरूको संघर्षमा आधारित छ ।
धेरै वर्षदेखि चलचित्रमा काम गर्ने रहर नभएको भनेर पन्छँदै आएकी शुभेच्छा रणवीरको स्क्रिप्ट पढेपछि नाइँ भन्न नसकेको कुरा बताउँछिन् । विभिन्न ब्रान्डको एम्बेसडरका रूपमा कार्यरत शुभेच्छा रणवीरको प्रतिक्रिया हेरेपछि मात्र अन्य चलचित्रमा काम गर्ने–नगर्ने कुरा निर्धारण हुने जानकारी दिन्छिन् ।