सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
अनमोल केसीसँग चलचित्र ‘ड्रिम्स’मा छोटो भूमिकामा देखिएकी सन्ध्या केसी यो वर्ष दुईवटा चलचित्रमा मुख्य भूमिकामा देखा पर्दैछिन् । उनका सहकर्मीहरूले नेपाली चलचित्रमा आफ्नो स्थान बनाइसकेको अवस्थामा सन्ध्या केसीको चलचित्रमा उपस्थिति भने खासै देखिएको छैन ।
प्रसन्न पौडेलद्वारा निर्देशित चलचित्र ‘कमलेको बिहे’मा उनी मुख्य भूमिकामा प्रस्तुत हुँदै छिन् । उक्त चलचित्रबाट उनी चलचित्र क्षेत्रमा जम्ने विश्वास गरे पनि चलचित्रको प्रदर्शनको टुंगो लागिसकेको छैन । ६ महिनाअघि चलचित्रको एउटा गीत र ट्रेलर सार्वजनिक भैसकेको छ, जसमा सन्ध्या फरक गेटअप धारण गरेका अभिनेता अनुपविक्रम शाहीसँग देखा पर्छिन् ।
यसबीच सन्ध्या हालै अभिनेता कुशल थापासँग अस्ट्रेलियामा छायांकन गरिएको चलचित्र ‘ह्याप्पी न्यू इयर’को ट्रेलरमा पनि देखिएकी छिन् । उक्त चलचित्रमा पनि उनको मुख्य भूमिका छ । इमेज च्यानलकी भिजे तथा म्युजिक भिडियोकी मोडलका रूपमा आफ्नो परिचय बनाएकी केसीका यी दुई चलचित्रले बजार पाए पनि– नपाए पनि उनी भने चलचित्र क्षेत्रका जम्ने विश्वास धेरैको छ ।