मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
युवतीहरूको सौन्दर्यको मानक हो–जिरो फिगर । जब जिरो फिगरको प्रसंग आउँछ, कुनै न कुनै रूपमा करिना कपूर जोडिने गर्छिन् । फिल्म ‘टसन’ मा उनको जिरो फिगरले युवतीमाझ बहस नै सिर्जना गरेको थियो । उनको यो लुक्स देखेर कतिपय युवती आफूलाई जिरो फिगरमा ढाल्न लालायित भए । बलिउडमा जिरो फिगरको चलन नै करिनाबाट सुरु भएको मानिन्छ ।
करिना फिटनेस विज्ञको सेड्युलअनुसार वर्क आउट गर्छिन् । जुन समय करिना धेरै व्यस्त रहन्छिन् तब केवल प्राणायाम र योगासन गर्छिन् । उनी एकै समयमा ५० पटकसम्म सूर्य नमस्कार गर्न सक्छिन् । हरेक आसनमा ३० सेकेन्डभन्दा बढी टिक्न सक्छिन् ।
बिहान उठ्नासाथ उनी तातोपानी पिउँछिन् । त्यसमा मह र कागती मिसिएको हुन्छ । त्यसको केही समयपछि ग्रिन टी पिउँछिन् । उनको ब्रेकफास्ट अलि हेभी हुन्छ । त्यसपछि हरेक दुई घण्टामा केही न केही खानेकुरा खान्छिन् । फिल्म सुटिङको बेला घरबाटै ड्राइ फ्रुट्स, चना आदि लान्छिन् । मध्याह्नमा उनी नरिवलको अचारसँग डोसा खान्छिन् । साँझको खानामा सेन्डबिच, राति ओलिभ ओयल र फ्रेस सससँग स्पाइगेटी हुन्छ । उनी सुत्नुभन्दा दुई घण्टाअघि नै खाना खान्छिन् ।