शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।
हिम्मतवाली
नायिका रेखा थापाले विगत लामो समयदेखि दसैंकै अवसर पारेर आफ्ना नयाँ चलचित्र सार्वजनिक गर्दै आएकी छिन् । अघिल्लो वर्षको दसैंमा उनी चलचित्र 'काली' मार्फत दर्शकमाझ आएकी थिइन् भने त्यसभन्दा अघि उनले 'अन्दाज' चलचित्रसँगै दसैं मनाएकी थिइन् । यसपटकको दसैंका लागि रेखाले 'हिम्मतवाली' तयार पारेकी छिन् । चलचित्रको छायांकन सम्पन्न भएलगत्तै रेखाले यसलाई दसैंको फूलपातीका दिनदेखि प्रदर्शन हुने घोषणा गरेकी थिइन् । घोषित मितिअनुसार यो चलचित्र आगामी असोज १५ गते बुधबारदेखि देशव्यापी रूपमा प्रदर्शन हुनेछ । यही चलचित्रमार्फत रेखा पहिलो पटक निर्देश्ाक बन्दैछिन् । सेन्सर बोर्डले पिजी अर्थात् १६ वर्षमुनिका बालबालिकाले अभिभावकसँग हेर्नुपर्ने प्रमाणपत्र दिएको चलचित्र हिम्मतवालीमा रेखा स्वयं मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रमा रेखालाई दुवै हात नभएका सुदर्शन गौतमले साथ दिएका छन् । चलचित्रका गीत-संगीत तथा केही संवाद यसअघि नै लोकप्रिय भैसकेकाले नायिका थापा आफ्नो चलचित्र सफल हुने कुरामा ढुक्क देखिन्छिन् । यसअघि दसैंमा प्रदर्शन भएका आफ्ना सबै चलचित्र सफल भएकाले पनि रेखाका लागि दसैंको समय शुभ हुने अनुमान गरिन्छ । चलचित्रमा रेखाले खतरनाक स्टन्टहरू गरेको बताइन्छ । यो चलचित्रले अपाङ्ग दर्शकहरूलाई टिकटमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
एउटा साथी
सञ्चारकर्मी लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको चलचित्र 'एउटा साथी' ले 'हिम्मतवाली' लाई टक्कर दिनेछ । सुवेदीको डेब्यु निर्देशनको 'एउटा साथी' पनि असोज १५ अर्थात् फूलपातीकै दिनदेखि प्रदर्शन आउँदैछ । प्रेम कथामा आधारित चलचित्र एउटा साथीको कथा सुशील पंगेनीले लेखेका हुन् । यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी, अलिशा खड्का, रेन थापा आदि कलाकारले अभिनय गरेका छन् । एउटा साथीको साथले जीवनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा आधारित यो चलचित्रमा शोभित बस्नेत तथा अनु शाहले अतिथि कलाकारका रूपमा अभिनय गरेका छन् ।
क्यारेङग्याङ-३
द्वन्द्वप्रधान चलचित्र 'क्यारेङग्याङ' को तेस्रो सिक्वेल 'क्यारेङग्याङ-३' पनि दसैंकै अवसर पारेर प्रदर्शन हुने भएको छ । फूलपातीकै दिन प्रदर्शन हुने भनिएको यो चलचित्र पनि द्वन्द्वप्रधान छ । राजु लामाद्वारा निर्देशित चलचित्र क्यारेङग्याङमा अजु लामा मुख्य भूमिकामा छन् । प्रिया भट्टराई, ईश्वर अधिकारी, वसन्त रिजाल आदि कलाकारले अभिनय गरेको यो चलचित्रले द्वन्द्वप्रधान चलचित्रका दर्शकलाई पर्याप्त मनोरञ्जन दिनेछ ।
दानव
पुराना अभिनेता दिनेश शर्मा लामो समयपछि चलचित्र 'दानव' मार्फत दर्शकमाझ आउँदैछन् । चलचित्र तथा टेलिशृंखलाहरूमा प्राय: नकारात्मक भूमिका निर्वाह गरिरहेका दिनेशले आफ्नै निर्माण तथा निर्देशनमा तयार पारेको चलचित्र
'दानव' घटस्थापनाको भोलिपल्ट अर्थात् असोज १० गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ । चलचित्रको शीर्षकबाटै अनुमान गर्न सकिन्छ, यो चलचित्रमा सकारात्मक तथा नकारात्मक पक्षबीच द्वन्द्व छ । अभिनेता शर्माको यो डेब्यु निर्देशनको चलचित्रमा दिनेश स्वयंका साथै महिमा सिलवाल, सगुन श्रेष्ठ, दिनेश केसी, सुवास कार्की आदि कलाकारले अभिनय गरेका छन् । सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र द्वन्द्वप्रधान छ । पश्चिम नेपालको कन्चनपुर आसपासका क्षेत्रमा छायांकन गरिएको यो चलचित्रले समाजमा मानव र दानव दुवै हुन्छन् तर समाजलाइ बिगार्ने दानवको अन्त्य हुनैपर्छ भन्ने सन्देश बोकेको छ ।
नाइके
दसैंकै अवसर पारेर प्रदर्शन हुने चलचित्र 'नाइके' द ब्ल्याक स्याडो प्रोडक्सनले निर्माण गरेको हो । अभिनेता आर्यन सिग्देलले नाइकेको भूमिका निर्वाह गरेको यो चलचित्रको सम्पूर्ण छायांकन पोखरामा गरिएको हो । असोज ३ गते शुक्रबारदेखि प्रदर्शनमा आउने यो चलचित्र ग्याङस्टरहरूको कथामा आधारित छ । चलचित्रमा ग्याङस्टरको आत्मव्यथा, उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण एवं गर्ने व्यवहार, देशको राजनीतिक चलखेलमा ग्याङस्टरको भूमिकाका साथै मानवीय सम्बन्धका आयामहरूलाई चित्रण गरिएको छ । नेत्र गुरुङको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल पहिलो पटक पृथक् भूमिकामा प्रस्तुत भएको बताइएको छ । चलचित्र नाइकेमा आर्यनका अतिरिक्त रेम विक, बोधराज रेग्मी, सुरबिना कार्की, सारिका केसी, विजयराज सेन्चुरी, विकास बाँस्तोला, कृष्ण उदासी आदिले अभिनय गरेका छन् ।
पुन्टे परेड
असोज ३ गते शुक्रबार सार्वजनिक हुने चलचित्र 'पुन्टे परेड' हास्य शैलीमा आधारित छ । यो चलचित्रको निर्देशन सुवास कोइरालाले गरेका हुन् । आइडियाज एण्ड इमेजेजको व्यानरमा तयार पारिएको यो चलचित्रमा संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, सरोज श्रेष्ठ, नाजिर हुसेन, रवीन्द्र अधिकारी आदि कलाकारले अभिनय गरेका छन् । शान बस्न्यातको पटकथा तथा संवादमा तयार पारिएको यो चलचित्रमा ताराप्रकाश लिम्बू र टेकनन्द लामाको संगीत निर्देशन छ । अधिकांश नेपाली चलचित्र माया-प्रेमको सेरोफेरोमा निर्माण भैरहेकोमा यो चलचित्र भने एसएलसीपछि प्रारम्भ हुने कलेज जीवनमा आधारित छ । चलचित्र पुन्टे परेड एसएलसी उत्तीर्ण भएपछि कलेज प्रवेश गर्ने टिनएजरहरूको मनस्थिति, प्रेम, छेडछाड आदि विषयलाई चलचित्रले प्राथमिकता दिएको छ । यो चलचित्रमा टिनएजरहरूको प्रेम, साथीभाइलाई सुनाउने जोक्स र उडाउने कलाजस्ता विषयलाई हास्यपरक शैलीमा प्रस्तुत गरिएको छ । चलचित्र हेरिसकेपछि दर्शकले आफ्नो टिनएजको स्वणिर्म दिन स्मरण गर्ने निर्देशक कोइरालाको दाबी छ । यो चलचित्रमा अभिनेता संयम पुरीले पुन्टे परेडको नेतृत्व गरेका छन् भने नायिका प्रियंका कार्कीले विशेष भूमिका निर्वाह गरेकी छिन् ।
-