Successfully Copied

परिक्षामा केन्द्रित हुने उपाय

विद्यार्थीलाई परीक्षामा कसरी केन्द्रित गराउने ? कुमुद छत्कुली भट्ट, संस्थापक प्रिन्सिपल, हाइड एण्ड सिक किन्डर गार्टेन

विद्यार्थीलाई परीक्षामा कसरी केन्द्रित गराउने ? 

कुमुद छत्कुली भट्ट, संस्थापक प्रिन्सिपल, हाइड एण्ड सिक किन्डर गार्टेन

–शिक्षक वा अभिभावकहरूले आफ्ना बालबालिकालाई परीक्षाका सम्बन्धमा राम्रोसँग जानकारी गराउनुपर्छ । 

–आफ्ना बालबालिकाहरूले किन पढिदिए हुन्थ्यो भन्ने लाग्छ त्यसको कारण बताइदिनुपर्छ । 

–उनीहरूलाई शिक्षासम्बन्धी उदाहरणीय व्यक्तिहरूका जीवनी तथा असफलतापछि उनीहरूले  प्राप्त गरेको सफलताको रोचक कथा सुनाएर प्रेरित गर्नुपर्छ ।

–यो सफलता पार गर्‍यौ भने तिमी ठूलो मानिस बन्छौ भनेर प्रेरणा दिनुपर्छ ।

–उनीहरूलाई चकलेट दिने कुरामा हौस्याउनु भन्दा राम्रा एवं प्रेरक चलचित्र देखाउने, रमणीय ठाउँ घुमाउन लाने, उनीहरूलाई मन परेको कुरा पूरा गरिदिने बचन दिनुपर्छ । 

–उनीहरूलाई राम्रो काम गरेपछि मात्र कुनै वस्तु किनिदिने लोभ देखाउनुपर्छ ।

–परीक्षाको समयमा राम्रोसँग पढाउँदै नम्बर ल्याउने प्रेरणा दिनुपर्छ । 

 Image