Successfully Copied

सुपुष्पा र रौनकको पर्फेक्ट जोडी

सम्बन्धलाई तरोताजा राख्न यी दुई ब्रेकफास्ट र घुमघाममा जाने गरेका छन् । भरसक एक–अर्कालाई समय दिएर फलदायी वार्तालापमा सहभागी हुने गर्छन् ।



नेपाली चलचित्र क्षेत्रका आकर्षक जोडी हुन्–नायिका सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेल । अमेरिकाको न्यूयोर्कबाट चलचित्रसम्बन्धी अध्ययन सिध्याएर नेपाल फर्किएका रौनक र चलचित्रमा जम्दै गरेकी सुपुष्पाको भेट विवाह गर्ने उद्देश्यले नै भएको थियो । ‘सुरुमै विवाहकै लागि भनेर भेट गराइएको थियो ।’ बूढानीलकण्ठस्थित पार्क भिलेजमा भएको पहिलो भेट सम्झिँदै रौनक भन्छन्–‘पहिलो भेटमै उनी मन परिन् । समय बित्दै जाँदा एक–अर्काको परिवारसँग पनि भेटघाट हुने क्रम बढ्दै गयो । छ महिना हाम्रो अफेयर्स चल्यो । त्यसपछि लगन–साइत जुराएरै विवाह गरियो ।’

यही कात्तिक २४ गते रिलिज भएको चलचित्र ‘दिमाग खराब’ का निर्माता रौनक सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले समसामयिक कथा बोलेको बताउँछन् । सिनेमा आर्ट नेपालको प्रस्तुतिमा बनेको उक्त चलचित्रका निर्देशक भने निश्चल बस्नेत हुन् । विवाहपछि जीवनमा आएको परिवर्तनबारे सुपुष्पा भन्छिन्–‘अझै बढी माया, हेरविचार, माफ गर्न सक्ने शक्ति र स्वीकारोक्ति क्षमता आफूमा बढेको पाएकी छु । विवाहपछि जिम्मेवारी त पक्कै पनि थपिन्छ तर ती चीजलाई आफैंले सन्तुलित बनाउादै लैजाने हो । विवाह भनेको दुई आत्माको मिलन मात्र नभएर दुई परिवारको ऐक्यबद्धता पनि हो ।’


वैवाहिक जीवनलाई थप मजबुत र दिगो बनाउन आपसमा हुने संवादले महत्वपूर्ण भूमिका खेल्ने यी दुवैको बुझाइ छ । रौनकको जीवन विवाहपछि अझ व्यवस्थित भएको छ । घरका लागि भनेर छुट्याइने समय प्राथमिकतामा परेको छ । ‘घर वा हरेक ठाउामा आफ्नो अनुपस्थितिलाई श्रीमतीले पूरा गरिदिने महसुस गरेको छु ।’ विवाहपछिको परिवर्तनबारे रौनक भन्छन्–‘विवाहपछि मैले आफूलाई थप जिम्मेवार भएको महसुस गरेको छु । श्रीमतीका आवश्यकता र प्राथमिकता मेरा हुन् भन्ने सोच्न थालेको छु । नम्र र समयको ख्याल गर्ने भएको छु ।’

सम्बन्धलाई तरोताजा राख्न यी दुई ब्रेकफास्ट र घुमघाममा जाने गरेका छन् । भरसक एक–अर्कालाई समय दिएर फलदायी वार्तालापमा सहभागी हुने गर्छन् । कहिलेकाँहि सानातिना कुरामा ठाकठुक परेपनि त्यो लामो समय नटिक्ने सुपुष्पा बताँउछिन् भन्छिन्–‘मेरा राम्रा–नराम्रा जेजस्ता कुरा भएपनि थाहा पाउने पहिलो व्यक्ति मेरा श्रीमान् हुनुपर्छ, त्यहीाबाट समाधान आउनुपर्छ, यसको मतलब श्रीमान् साथी जस्तै हुनु जरुरी छ । अनि मात्रै सम्बन्ध सुमधुर रहिरहन्छ ।’ रौनकको महत्वाकांक्षी स्वभाव मन पराउने सुपुष्पा तर जति नै महत्वाकांक्षी भएपनि सदा जमिनमै खुट्टा टेकेर ‘डाउन टु अर्थ’ हुने बानीसँग नतमस्तक छिन् । एक–अर्काको साथ दुवैको जीवन र करियरमा सहयोगी हुने बताउ“दै रौनक–सुपुष्पाले एकसाथ भने–‘अहिले नै सन्तान जन्माउने योजनामा छैनौ ।’



सुपुष्पाको नजरमा रौनक
बलियोपक्ष- मिलनसार ।
कमजोरी-झनक्क रिसाइहाल्ने ।
लत-मोबाइल ।
सुधार्नुपर्ने कुरा-गोप्य राख्नुपर्ने कुरा पनि अरुलाई भन्ने ।
मनपर्ने चलचित्र- पुरानो पुरानो डुंगा।
कस्ताश्रीमान्- बेस्ट फ्रेन्डजस्तै ।
के भएको हेर्ने रहर छ ?-नेपाली चलचित्रक्षेत्रमा अब्बल र फरक फिल्म दिनसक्ने चेन्जमेकर ।


रौनकको नजरमा सुपुष्पा
बलियो पक्ष- बलियो आत्मविश्वास ।
कमजोरी-बढी सोच्ने ।
आकर्षक पक्ष-मुस्कान ।
सुधार्नुपर्ने कुरा-आफूलाई कम आाक्ने ।
मनपर्ने कलाकार-खगेन्द्र लामिछाने ।
कस्ती श्रीमती- सहयोगी र मायालु ।
के भएको हेर्ने इच्छा छ ?- करियरमा अब्बल भएको ।

 Image