Successfully Copied

आत्मविश्वासी युनिता

महिला मात्र होइन पुरुषहरू पनि आर्थिक रूपमा सशक्त हुनुपर्छ । आत्मनिर्भर बन्नुपर्छ । यसले हरेक काम गर्ने आँट र हिम्मत दिन्छ ।



सन् २०१८ दुबईमा आयोजना भएको ‘मिस वल्र्ड डाइभर्सिटी’ की विजेता हुन्, युनिता खत्री । विश्वभरका ५० देशका प्रतिस्पर्धीलाई उछिनेर ताज जित्नु उनका लागि सजिलो थिएन । कडा मेहनत र आत्मविश्वासले ताज जितेको युनिता बताउँछिन् । उनले टाइटलसँगै मिस फ्रेन्डसीप र मिस ट्यालेन्टसमेत जितिन् । यो प्रतियोगितासँगै उनले मिस इ–कलेज, मिस राजधानीजस्ता सौन्दर्य प्रतियोगितामा पनि भाग लिइसकेकी छिन् । स्नातक तहमा अध्ययनरत उनी भिडियो जक्कीका रूपमा कार्यरत छिन् ।


मोडलिङको यात्रा कसरी सुरु भयो ?
सौन्दर्य प्रतियोगिताबाट पहिलेदेखि प्रभावित थिएँ । यस्ता प्रतियोगिताले बाहिरी र भित्री सौन्दर्य बढाउन मद्दत गर्छन् । त्यसका अतिरिक्त आत्मविश्वास पनि बढाउने भएकाले यसमा भाग लिएकी हुँ । मैले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छु ।


सौन्दर्य प्रतियोगिताबाट कसरी प्रभावित हुनुभयो ?
मेरो व्यक्तित्व विकास हुनुका साथै आत्मविश्वास बढेको छ । आफ्नो कुरा स्पष्ट रूपमा राख्न सक्छु । त्योस“गै आफूलाई माया गर्ने, समय दिने, दैनिक तयार भएर निस्कने बानी भएको छ ।



यस्ता प्रतियोगिताप्रति धेरैको नकारात्मक सोच छ । यसमा तपाईंको धारणा के छ ?
हरेक फिल्डका सकारात्मक नकारात्मक पक्ष हुन्छन् । हो, यसबाट पीडितले आवाज उठाएका छन् । तर प्लेटफर्मभन्दा पनि व्यक्तिको सोच बिग्रिएको हो । त्यसकारण प्लेटफर्मलाई नराम्रो भन्न मिल्दैन । यस्ता प्रतियोगिताले धेरैले करियरको सुरुवातको रूपमा लिएका छन् । एउटा व्यक्ति नराम्रो हो भन्दैमा राम्रो कुरालाई स्किप गर्न मिल्दैन ।


तपाईंको विचारमा महिला आर्थिक सशक्तीकरण हुनु कति जरुरी हुन्छ ?
महिला मात्र होइन पुरुषहरू पनि आर्थिक रूपमा सशक्त हुनुपर्छ । आत्मनिर्भर बन्नुपर्छ । यसले हरेक काम गर्ने आँट र हिम्मत दिन्छ ।

सफल हुन के गर्नुपर्छ ?
सबैभन्दा पहिले काम गर्ने जोस, जाँगर, उत्साह र धैर्य हुनुपर्यो । अहिलेको पुस्ता छिटो रिजल्ट खोज्छ । धैर्य हुनुपर्छ । आफ्नो कमजोरी नदेखाई त्यसलाई नै शक्ति बनाउनुपर्छ । साथै आफूमा विश्वास हुनुपर्यो ।


मोडलिङबाहेक अन्य केमा रुचि छ ?
चलचित्रमा अभिनय गर्न मन लागेको छ ।


मोडल ः युनिता खत्री
ज्वेलरी ः दि इम्प्रेस प्रा.लि.
मेकअप ः रश्मि श्रेष्ठ, ग्लिटिज ब्युटिपार्लर टेकु,
नेल आर्ट ः दि सुगर मामा
नेल टेक्निसियन ः दीपा श्रेष्ठ
पहिरन ः दि सियो धागो क्रियसन, कुपण्डोल
लोकेसन ः होटल हुकुम दरबार, कमलपोखरी
तस्बिर ः महेश प्रधान 

 Image