Successfully Copied

वाक्सिङले सुन्दरता

स्किनलाई सुन्दर, कोमल र अनावश्यक रौंबाट मुक्त बनाउन वाक्सिङ्ग जस्तो राम्रो उपाय अङ्ग कुनै छैन । यसले केवल अनावश्यक रौं हटाउने मात्र नभएर छाला कडा हुने समस्या पनि हट्छ । वाक्सिङ्ग गरेपछि छाला करिब दुई–तीन हप्तासम्म मुलायम रहन्छ ।

अनुराधा पाठक

मिराकल फेसियल हाउस एन्ड ब्युटी केयर, गौशाला

वाक्सका फाइदाहरू के–के छन् ?

स्किनलाई सुन्दर, कोमल र अनावश्यक रौंबाट मुक्त बनाउन वाक्सिङ्ग जस्तो राम्रो उपाय अङ्ग कुनै छैन । यसले केवल अनावश्यक रौं हटाउने मात्र नभएर छाला कडा हुने समस्या पनि हट्छ । वाक्सिङ्ग गरेपछि छाला करिब दुई–तीन हप्तासम्म मुलायम रहन्छ । वाक्स हातखुट्टा, अनुहार, बिकिनी, अन्डरआर्मदेखि सम्पूर्ण शरीरमा गर्न सकिन्छ । 

वाक्स गर्ने सही तरिका कस्तो हुनुपर्छ ?

वाक्स गर्दा रौंको फर्किएको डाइरेक्सन हेरेर सुरु गर्नुपर्छ । अन्यथा उल्टो दिशाबाट गर्दा टुट्ने वा दुख्ने समस्या आउँछ । वाक्स गर्दा सकेसम्म २४ घन्टा पानीले भिजाउनु हुँदैन । बिकीनी र अन्डरआर्ममा वाक्स गर्दा डबल डिपिङ्ग गर्नुहुँदैन । स्टिकले एकपटक वाक्स डोबेपछि अर्काे पटक अर्काे स्टिक प्रयोग गर्नुपर्छ । वाक्स गरेपछि पानी र साबुनको प्रयोगले स्किनमा छिद्रहरू देखापर्छन् । वाक्सपछि प्रयोग गरिने तेल र मोइस्चराइजर मात्र प्रयोग गर्नुपर्छ । 

बढी चल्तीमा रहेका वाक्स कुन–कुन हुन् ?

अहिले नेपालमा सफ्ट वाक्स, चकलेट वाक्स, एलोबेरा वाक्स, ब्राजिलियन वाक्स, लिपोसोल्युबल वाक्स बढी प्रयोग गरिन्छ । चकलेट वाक्समा छाला चम्काउने तत्व पाइन्छ, जसले शरीरलाई रिल्याक्स प्रदान गर्छ । कोको पाउडर बेस्ड वाक्सले रौं पूर्णपले हट्नुका साथै रातो डाम पनि बस्दैन । यो वाक्स संवेदनशील छालाका लागि पनि उपयुक्त हुन्छ । एलोभेरा वाक्स एलोभेराको लेदोबाट बनेको हो । यसले छालालाई पोषण दिनुका साथै सुन्दर पनि बनाउँछ । अन्डरआम्र्स र बिकिनी पार्टका लागि अति नै उपयुक्त हुन्छ ।

ब्राजिलियन वाक्स पनि हार्ड वाक्सको एउटा किसिम हो, जुन विशेष गरेर बिकिनी एरियाका लागि नै बनाइएको हो । यसले अनावश्यक रौं हटाउँछ । लिपोसोल्युबल वाक्स ओयल बेस्ड हुन्छ । यसले रौंलाई जराबाट नै हटाउनुका साथै छालाका लागि पनि उपयुक्त हुन्छ । यो वाक्सलाई प्रयोग गर्नुअघि छालामा तेल लगाइन्छ र रौंलाई हटाउन स–साना स्ट्रिप्स प्रयोग गरिन्छ । यस प्रकारका वाक्स धेरै तातो भए पनि यसले छालालाई कुनै किसिमको क्षति पुर्‍याउँदैन ।

वाक्स गर्दा के कुरामा बढी ध्यान दिनुपर्छ ?

वाक्सिंग गर्दा हाइजिनको बढी नै ध्यान दिनुपर्छ । बिकिनी वाक्स गर्दा मास्क, पञ्जा अनिवार्य लगाउनुपर्छ । अहिले पनि वाक्स गर्दा कतिपयले पुराना जिन्सका कपडा प्रयोग गर्छन् जुन स्वास्थ्यका दृष्टिले हानिकारक छन् । साथै कतिपयले वाक्सिंग गर्दा पहिले भन्दा बढी रौं पलायो भन्ने गुनासो पनि सुनिन्छ । जुन रौं फर्किएको दिशाबाट नगर्दा, टुट्दा आउने समस्या हुन् । 

 Image