Successfully Copied

फेस्टिव मेकअप 

चाडपर्वमा आफूमा नयाँपन सिर्जना गर्न पहिरनसँगै सुहाउँदो श्रृंगारको भूमिका पनि उत्तिकै हुन्छ । सुहाउँदो मेकअपले सुन्दरतामा थप निखार ल्याउँछ । त्यसका लागि मेकअप गर्नुअघि केही कुरामा विशेष ध्यान दिनुपर्छ

चाडपर्वमा आफूमा नयाँपन सिर्जना गर्न पहिरनसँगै सुहाउँदो श्रृंगारको भूमिका पनि उत्तिकै हुन्छ । सुहाउँदो मेकअपले सुन्दरतामा थप निखार ल्याउँछ । त्यसका लागि मेकअप गर्नुअघि केही कुरामा विशेष ध्यान दिनुपर्छ : 

    सफा बेसका लागि अनुहार क्लिनजिङ गर्ने ।

    मेकअप लामो समय टिकाउन अनुहारमा टोन अप गर्ने ।

    कुन समयको (दिउँसो वा राति) लागि मेकअप गर्ने हो सोही अनुसार प्रशाधन छनौट गर्ने ।

    गुणस्तरीय प्रशाधन नै प्रयोग गर्ने ।

मेकअपका लागि 

    छालाको प्रकार अनुसार मेकअप प्राइमर लगाउने ।

    रिच फाउन्डेसन लगाउने ।

    फाउन्डेसन फिक्स गर्ने मिनरल वा रोज पाउडर लगाउने ।

    मेकअप फिक्सिङ स्प्रेले पूरै अनुहारमा स्प्रे गर्ने ।

    टिस्यू पेपरले ड्याप गर्ने ।

    नाक, गाला तथा चिउँडोमा कन्ट्रोर गर्ने ।

    कन्ट्रोर पछि हाइलाइट गर्ने ।

    हाइलाइट गर्दा ग्लो हाइलाइटर प्रयोग गर्नुपर्छ जसले मेकअपलाई प्राकृतिक देखाउँछ । ब्रोञ्जरले हल्का ब्रोञ्जिङ गर्ने ।

आइ मेकअप

    आइ प्राइमर लगाउने ।

    ब्लेनडिङ ब्रस प्रयोग गरी आइस्याडो लगाउने । आइस्याडो लगाउँदा आइ बल वरपर लगाउनुपर्छ ।

    दसैंका लागि स्याडो ब्राउन, डार्क ब्राउन, लाइट ब्राउन उपयुक्त हुन्छ ।

    हाफ आइबलमा लाइट गोल्डेन कलरको स्याडो लगाउनुपर्छ ।

    आइ लिडमा इनर आइ ब्ल्याक पेन्सिल लगाउने । 

    परेलामा भोलुम मस्कारा लगाउने ।

    आइ वाटर लाइनमा हाफ लाइनमा ह्वाइट पेन्सिल तथा हाफमा ब्ल्याक 

पेन्सिल लगाउने । 

    आइ कर्नरमा आइ लाइनरले सुहाउँदो 

विंग्स् बनाउने ।

    आइब्रो सेडले आइब्रोलाई मिलाउने ।

    आँखालाई हल्का हाइलाइट गर्ने ।

लिप मेकअप

    लिप प्राइमर वा लिप वाम लगाउने ।

    लिप लाइनरले आउट लाइन कोर्ने ।

    पहिरन तथा मेकअप अनुसार लिप कलर तथा लिपिस्टिक लगाउने । 

    चाडपर्वमा म्याट लंग लास्टिङ लिपिस्टिक नै प्रयोग गर्नुपर्छ ।

    लिपको माथि हल्का हाइलाइटरले 

हाइलाइट गर्ने ।

 Image