Successfully Copied

कलरफूल मस्कारा

आइलाइनर र आइस्याडो मात्र होइन बजारमा एलो ब्लु, पिंकदेखि ग्रिन सेडसम्मका मस्कारा उपलब्ध छन् । यस्तोमा नियमित ब्ल्याक र ट्रान्सपरेन्ट सेडका मस्काराबाट बोर भएको हुनसक्छ । यस्तो अवस्थामा कलरफूल मस्कारा प्रयोग गर्नु उपयुक्त हुन्छ । मस्काराको कलरफूल सेड्सले आँखालाई ठूलो देखाउनुका साथै ब्राइट लुकसमेत प्रदान गर्छ ।

आइलाइनर र आइस्याडो मात्र होइन बजारमा एलो ब्लु, पिंकदेखि ग्रिन सेडसम्मका मस्कारा उपलब्ध छन् । यस्तोमा नियमित ब्ल्याक र ट्रान्सपरेन्ट सेडका मस्काराबाट बोर भएको हुनसक्छ । यस्तो अवस्थामा कलरफूल मस्कारा प्रयोग गर्नु उपयुक्त हुन्छ । मस्काराको कलरफूल सेड्सले आँखालाई ठूलो देखाउनुका साथै ब्राइट लुकसमेत प्रदान गर्छ । ब्ल्याक मस्काराको तुलनामा यो अत्यन्त आकर्षक देखिन्छ तर यसको छनोट गर्दा आफ्नो स्किन टोन तथा आँखाको रंगमा पनि ध्यान पुर्‍याउनुपर्छ । 

ब्लु मस्कारा

आँखाको रंग ग्रे, ब्राउन वा लाइट ग्रिन छ भने आफ्नो भेनिटी बक्समा ब्लु सेड्सको मस्कारा राख्न सकिन्छ । बजारमा ब्लु सेड्समा पनि विविधता उपलब्ध हुन्छन् । रोयल ब्लु, नेभी ब्लु, सी ब्लु आदि ब्लु सेड्स फेयर कम्प्लेक्सन भएकाहरूका लागि मात्र नभै डार्क र मिडियम कम्प्लेक्सन भएकाहरूलाई पनि सुहाउँछ । ब्लु सेडको मस्कारा डे पार्टीमा बढी खुल्छ । 

ग्रिन मस्कारा

डार्क ब्राउन सेड्सको आँखामा ग्रिन सेडको मस्कारा अत्यन्त सुन्दर देखिन्छ । ब्लुजस्तै ग्रिन कलरको मस्कारा पनि डार्क, फेयर, मिडियम सबै खालको स्किन टोनमा सुहाउँछ । ग्रिन कलरको मस्कारामा आकर्षक देखिने भ्रममा डार्क सेडको आइस्याडो वा आइलाइनर लगाउने भूल गर्नु हुँदैन । यसमा डार्क सेडको तुलनामा मस्काराको रंग फिक्का देखिन्छ । 

ब्राउन मस्कारा

कलरफूल मस्कारा लगाउन धुकचुक हुन्छ भने सुरु–सुरुमा ब्राउन मस्कारा प्रयोग गर्न सकिन्छ । यो ब्ल्याकभन्दा केही लाइट हुन्छ तर यसको प्रभाव धेरै हदसम्म प्राकृतिक देखिन्छ । मिडियम एवं फेयर कम्प्लेक्सन भएका तथा ब्राउन आँखा भएकाहरूलाई ब्राउन सेडको मस्कारा निकै राम्रो देखिन्छ । यसलाई पार्टीजस्ता विशेष अवसरहरूका साथै दैनिक रूपमा प्रयोग गर्न सकिन्छ । यो दिनरात दुवै समयमा आकर्षक देखिन्छ । 

गोल्डेन मस्कारा

कुनै नाइट पार्टीमा जाने तयारी गरिँदै छ भने ग्रिन, ब्लु, पर्पलजस्ता सेड्सका मस्कारा छोडेर गोल्डेन सेडको मस्कारा छनोट गर्न सकिन्छ । यो हरेक प्रकारको आँखामा सुहाउँछ । डार्कदेखि मिडियम तथा फेयर स्किन टोन भएका महिलामा पनि गोल्डेन सेडको मस्कारा आकर्षक देखिन्छ । पार्टीका लागि गोल्डेन सेडको मस्कारा प्रयोग गर्न सकिन्छ । 

पर्पल मस्कारा

आँखा सानो छ र त्यसलाई बिगर लुक दिने चाहना छ भने पर्पल सेडको मस्कारालाई आफ्नो मेकअप बक्समा समावेश गर्नुपर्छ । यो ग्रिन, ब्राउन तथा ब्लु कलरको आँखामा बढी सुहाउँछ । यसका विशेषगरी तीन सेड बढी प्रयोग गरिन्छन् । रोयल पर्पल, प्लम र भोयलेट स्किन टोन भएकाहरूलाई डार्क मस्कारा सुहाउँछ । स्किन टोन फेयर छ भने भोयलेट सेड र मिडियम छ भने प्लम सेड छनोट गर्नु उपयुक्त हुन्छ । पर्पल सेडको मस्कारा रातको तुलनामा डे पार्टीमा बढी खुल्छ । 

 Image