प्राकृतिक मोस्चराइजर
जाडो मौसममा छाला सुख्खा हुन्छ । पहिलादेखि नै सुख्खा छाला हुनेहरूको यो मौसममा अझ बढ्न सक्छ । ‘कस्मेटिक’ प्रसाधनमा विभिन्न किसिमका रसायन मिसाइएको हुन्छ ।
काठमाडौंमा गत महिना ब्राइडल मेकअप कम्पिटिसन सिजन–२ सम्पन्न भएको छ । ब्युटी सेक्रेट्सले आयोजना गरेको उक्त प्रतियोगितामा सुषमा कोजूले उपाधि जितेकी थिइन् भने प्रतीक्षा कर्माचार्य र प्रियंका राई क्रमश : फस्ट तथा सेकेन्ड रनरअप भएका थिए ।

उक्त प्रतियोगितामा १४ जना सहभागी थिए भने निर्णायक समूहमा बरिष्ठ सौन्दर्यविद् डा. राज्यश्री श्रेष्ठ, रुश्का बैद्य श्रेष्ठ, सोनिका रञ्जित आदि थिए ।

